‘आजका संक्रमित भोली हामीलाइ काम लाग्छन, त्यसैले हेला नगरौ’

कोरोना संक्रमितको उपचार गर्दै चिकित्सक, फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 224
  •  
  •  
  •  
  •  
    224
    Shares

काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरुलाइ हेला गर्नै र छिछि तथा दुरदुरको भावन देखाउने प्रवृतिलाइ हटाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशका विभिन्न ठाँउमा कोरोना संक्रमित चिकित्सक सँगै अन्य संक्रमितहरुलाइ भेदभाव गर्ने, उनीहरुको घरमा कोरोना संक्रमित भनी ब्यानर टास्ने, घरमा बस्न नदिने लगायतका क्रियाकलापहरुको भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल नेपालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार भइरहेको छ । यसको लागि संक्रमण मुक्त भएका नागरिकको रगतमा भएको प्लाज्मा दान गर्नुपर्ने हुन्छ । उक्त प्लाज्माको माध्यमबाट जटिल कोभिड १९ लागेकाहरुलाइ निको पार्न सकिन्छ । यही सन्दर्भमा डा. गौतमले भने, ‘अहिले हामीले संक्रमितलाइ हेला नगरौ, भोली उनैको रगतले हामी बाँच्नुपर्ने हुन्छ।’

उनले यस अवस्थामा सबैलाइ साथ दिन समेत आग्रह गरेका छन् । हाल देशमा ४२ जनाले प्लाज्मा प्रदान गरेको समेत डा. गौतमले जानकारी दिए ।
पत्रकार सम्मेलनको अवसरमा डा. गौतमले नेपालमा एकैदिन १२ जनाको कोरोना भाइरसको कारण निधन भएको जानकारी दिए । गौतमले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ जना महिला तथा ८ जना पुरुषकोे निधन भएको हो । मृत्यु हुनेहरुमा मोरङ्का ५६ र ६५ बर्षीय महिला, भक्तपुर की ६४ बर्षीय, मकवानपुरकी ७१ बर्षीय महिला रहेका छन् । त्यस्तै पुरुषहरुमा उदयपुरका ५२ बर्षीय, पर्साका ७२ बर्षीय, धनुषाका ४५ बर्षीय, सिराहाका ५५ बर्षीय, झापाका ८३ बर्षीय, चितवनका ५१ बर्षीय, कास्कीका ५२ बर्षीय र रुपन्देहीका ६० बर्षीय पुरुष रहेका छन् । यो सँगै देशभर कोरोनाको कारण मृृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

त्यस्तै नेपालमा वितेको २४ घण्टामा ९२७ जना नया कोरोना संक्रमित भेटिएका छन् ।
गत २४ घण्टामा ३३४ महिला र ५९३ पुरुष गरी ९२७ जना संक्रमित थपिएका हुन् । यो सँगै ३६ हजार ४ सय ५६ जना संक्रमित भएका छन् ।
यसैगरी वितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने नेपालमा निको हुने प्रतिशत ५६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ६ लाख ५८ हजार  १ सय १० पिसिआर परिक्षण गरिएको छ । भने गत २४ घण्टामा १० हजार २२९ जनाको परिक्षण गरिएको छ

ता काठमाण्डौ उपत्यकामा गत २४ घण्टामा ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३५० जना काठमाण्डौमा, भक्तपुरमा ५४ जना तथा ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल काठमाण्डौ जिल्लामा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु