सरकारलाइ डा. केसीका ३ वटा माग, पुरा नगरे अनशन बस्ने चेतावनी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

११ साउन, काठमाण्डौ
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरी पनि आफु अनशनमा बस्ने चेतावनी दिएका छन । ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे भोक हडताल सुरु गर्ने चेतावनी दिएका हुन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्रि सच्याउन माग डा. केसीले गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एक बिज्ञप्ती जारी गर्दै डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्रीले गलत तरिकाबाट राकिराखेको समेत आरोप लगाए ।त्यस्तै कैलालीको गेटा मेडिकल कलेज र दाङाके राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठन पाठन गराउन पनि माग गरेका छन् । प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि केसीले माग गरेका छन् ।

त्यस्तै केसीले चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० सिट कायम गर्न पनि माग गरेका छन् । हाल डा. केसी जुम्लामा बसीरहेका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु