२०२२ का लागि अक्टुवर ७ देखि डिभि भर्न सकिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको अमेरिकामा पनि ठूलो असर परिरहेको, कोरोनाकै कारण २ लाख भन्दा बढी मानिसले ज्यान गुमाइ सकेका र त्यहाँको अर्थतन्त्रमा समेत निकै नकारात्मक असर परिरहेको अवस्थामा विगतका वर्षहरुमा जस्तै अमेरिकाले यो वर्ष पनि डि भि चिठ्ठामार्फत अमेरिका जान पाउने डिभि लटरी भर्न आवेदन खुल्ला गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको अमेरिकामा पनि ठूलो असर परिरहेको, कोरोनाकै कारण २ लाख भन्दा बढी मानिसले ज्यान गुमाइ सकेका र त्यहाँको अर्थतन्त्रमा समेत निकै नकारात्मक असर परिरहेको अवस्थामा विगतका वर्षहरुमा जस्तै अमेरिकाले यो वर्ष पनि डि भि चिठ्ठामार्फत अमेरिका जान पाउने डिभि लटरी भर्न आवेदन खुल्ला गर्ने भएको छ ।  यही डिभि लटरीमार्फत हरेक वर्ष विश्वभरबाट करिव ५० हजार मानिस अमेरिका जाने गरेका छन् । यो चिठ्ठा परेर अमेरिका जाने जुनसुकै देशको नागरिकले निश्चित अवधीपछि अमेरिकी नागरिक सरहको मान्यता पाउँछन् । त्यसैले नेपालमा युवा मात्र होइन उच्च तहका कर्मचारी, नेता तथा प्रतिष्ठित व्यापारी समेत डिभि भर्न लालायित हुने गरेको पाइन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

२०२२ मा अमेरिका जान चाहनेहरुले यही अक्टुवर ७ तारिखदेखि अनलाईन फारम भर्न सकिने भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ७ अक्टुवर अपरान्ह १२ बजेदेखी १० नेभेम्बर अपरान्ह १२ बजेसम्म डिभि भर्न सकिने छ । डिभि एकजनाले एकपटक मात्र भर्न सकिने छ । अमेरिकी सरकारको वेवसाइटमा गएर सिधै डिभी भर्न सकिने र त्यसका लागि कुनै शुल्क लाग्ने छैन । यो वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको हुनाले भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न पनि अमेरिकी सरकारले सुझाव दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न अग्रह गर्दै ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकले भने यो डिभि भर्न पाउने छैनन् । DV भर्न यहाँ क्लिक गर्नुहोस     

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु