नुवाकोट, भदौ १० : चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा समातिएका छन्। उनलाई बुधबार बिहान नुवाकोटको बेलकोटगढी ५ बाट समातिएको प्रहरीले जनाएको छ। प्रहरी टोली जाँच गर्ने क्रममा उनलाई समातिएको हो।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘अस्पतालबाट भागेपछि हामीले खोजी गरेका थियौं। आज बिहान नुवाकोट प्रहरीले पक्राउ गरेको छ,’जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले भने।
Advertisements



JUNGLE






from the
city



युवकलाई प्रहरीले चोरी केसमा पक्राउ गरेको थियो। थुनुवा कक्षमा राख्ने अभियुक्तलाई कोभिड परीक्षण गर्नु पर्ने हुन्छ। त्यही क्रमममा उनलाई कोभिड संक्रमण पुष्टि भएको थियो।’ श्रीमतीको जिम्मा लगाएर आइसोलेसनमा पठाएका थियौं। त्यहीबाट भागेको थियो,’ डिएसपी थापाले भने।
उनी साइकल चढेर नुवाकोट पुगेको देखिएको छ। उनको घर पनि नुवाकोट भएको खुलेको छ।