कोरोना जितेका विशालको अनुभव – ‘आत्मबल बलियो बनाउनुपर्छ’, यस्त छन् उनले प्रयोग गरेका १२ विधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 178
  •  
  •  
  •  
  •  
    178
    Shares

“घरबारीमै रहेछ कोरोनाको उपचार
तातो, तितो, अनि मसला र बेसार”
काठमाण्डौ । देश नै महामारीको चपेटामा छ । देशभर हालसम्म करिब ३९ हजार कोरोना संक्रमित रहेका छन् भने त्यसमा २० हजार बढी संक्रमितहरुले कोरोनालाइ जितेर घर फिर्ता भएका छन् । विराटनगरको जिल्ला वन कार्यालयका कार्यालय प्रमुख विशाल घिमिरे भदौ १२ गते २४ औ दिनको दिन कोरोना जितेर सामान्य जीवनमा फर्किए । तर पनि आवश्यक सावधानी उनले अपनाइ रहेका छन् ।साउन २१ गते स्वाब दिएका उनको नतिजा साउन २३ गत पोजेटिभ आएको थियो । त्यसपछि २४ औँ दिन भदौ १२ गते उनी निको भएको नतिजा आएको हो । यस विचमा २४ दिनसम्म उनले धेरै किसिमका अनुभवहरु बटुलेका छन् । आफु छुट्टै ठाँउमा आइसोलेसनमा बसेको भएपनि परिवारलाइ अरुले लगाउने लाञ्छना देखी आफ्नो स्वास्थ्यको चिन्ता गर्दै शुभकामना दिने मानिसहरुलाइ उनले चिन्ने मौका पाए । घिमिरे भन्छन्, “मैले यो तीन हप्ताको समयमा धेरै मानिसहरुलाइ चिन्ने मौका पाएँ, समाजमा केही असहयोग गर्ने मान्छेहरु पनि भेटिने रहेछन्, कसैले भोली आफु पनि यसैखालको संक्रमण हुन सक्ने नसोची भेदभाव गर्ने रहेछन्” ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
विशाल घिमिरे

तर उनले सामाजिक सञ्जाल देखी फोनको माध्यमबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्दे हजारौ ब्यक्तिहरुको भएको भन्दै उनीहरुको शुभकामनाले निकै आत्मबल दिएको सुनाए । उनको परिवारको सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सिम्रिकखबर सँगको कुराकानीको क्रममा घिमिरेले आफुले २४ दिन सम्म गरेको उपचार विधि यसरी सुनाए । हामी उनकै शब्दमा उनको अनुभव यहाँ राख्दै छौँ ।उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि होलान् । कतिपय स्थानीय तहहरुबाट सिफारिस गरिएको आइसोलेसनमा रहदाको खानपान र दैनिक ब्यवहारको तालिका सामाजिक सन्जालहरुमा पनि आइरहेका छन । यो रोगको प्रकृति र लक्षण ब्यक्ति अनुसार फरक फरक हुने गरेको पाइएकोले सबैलाई यहि विधि ठिक हुन्छ भन्न सकिन्न । एकान्तबासमा पूर्णतः एक्लो बसाइ हुनुपर्छ । खुला हावादार कोठामा आफ्नो सामान, भाँडा, कपडा, बाथरूम बिरामीको मात्र प्रयोगमा ल्याइनुपर्छ । अथवा अरुले उपयोग गरेको चिज शेयर नगर्ने गर्नुपर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

(क) बिहान तातो कागतिपानी र पसिना निस्कने गरी जुम्बा डान्स । केहिबेर तातोपानीको बाफको उपचार । श्वासप्रश्वास लिने र छोड्ने अभ्यास । अदुवा मरिच सहितको कागति चिया । गुर्जोको डाँठ, मरिच, तेजपात, दालचीनी, अदुवा, बेसार, सक्खर, ज्वानो, टिमुर, तुलसी नीम र पारिजातको पात, अश्वगन्धाको पाउडर, जेठिमधुको पाउडर मिसाएर पकाएको तातो सुप पटक पटक। आफुलाइ रुच्ने तातो खाना (मैले शाकाहार अपनाएँ) । सुरुको १० दिन जति त दैनिक ६ लिटर सम्म तातोपानी सेवन गरेँ । (ख) दिउसोभरिमा ३ पटक कागती र अदुवा मरिच कागति चिया वा माथी लेखिएको तातो सुप । सुरुको ८–१० दिनसम्म दिनको १ दाना अमला खाएँ। परिवार, साथि शुभचिन्तकहरु सङ्गको सकारात्मक फोनवार्ता । (ग) साँझमा पसिना निस्कने गरी जुम्बा डान्स, केहिबेर तातोपानीको बाफको उपचार । श्वासप्रश्वास लिने र छोड्ने अभ्यास । रुचि अनुसारको खाना । माथी लेखिएको तातो सुप । त्यो तातो सुप एकैपटक ठुलो भाँडामा पकाइराख्ने र समय समयमा निकालेर पिउने गरेका थिएँ । (घ) बिहान र राती सुत्ने बेलामा एक चिम्टी धुलो बेसार राखेर एक गिलास तातो दूध । शरिरलाइ पूर्ण आराम पुग्नेगरी निद्रा । (ङ) इच्छानुसारको गीत सङ्गीत र भजन श्रवण । आफ्नो कोठा बाथरूम प्यासेजलाई स्यानिटाइजर झोल स्प्रे गरी साँझ बिहान डिसिन्फेक्सन सफाइ । (च) सुरुको २ दिनसम्म ज्वरो आउदा र शरिरको ढाड जोर्नीहरु दुख्दा बिहान बेलुकी फ्लेक्सन १–१ चक्कि, करिब ७–८ दिनसम्म खोकि लाग्दा पोलेको बोझोको जरा टुक्रा र जेठीमधुको डाँठको टुक्रा मुखमा राखी रस चुसिरहने । मह पनि उपयोगी हुने, परिवारमा अरुले खाएपनि मेरो एलर्जिको कारण मह खाइन । खोकी लाग्न सक्ने हुनाले दहि महि र चिसो पानी वर्जित गरियो ।

(छ) कोरोना संक्रमण भएको २ दिन देखि करिब १ साता नाकमा गन्ध र जिब्रोमा स्वाद हराउदो रहेछ, शून्य बराबर, केही नै थाहा नहुने । यतिसम्म कि मैले सन्चोको बिर्को खोलेर नाकैमा पसाउदा समेत कत्तिपनी गन्ध थाहा नहुने अनि खानाको त स्वादै थिएन। मात्र अलिअलि नुनिलो महसुस हुने । यतिबेला अलि अलि नून बिरेनून, कागती र अकबरे खुर्सानी अचारको रुपमा चाट्ने गरे । अनि बल्ल केही स्वाद मससुस हुन्थ्यो। पछि सन्चो हुँदै गएपछी गन्ध र स्वाद फिर्ता आयो । (ज) बिचमा १ दिन पखाला लागेको थियो तर औषधि नखाइ सन्चो भयो । (झ) ज्वरो, खोकी र पखलाले गर्दा होला, करिब ३–४ दिनसम्म शरीर एकदम कमजोर र आलस्य भएको महसुस गरे । कमजोरिले गर्दा होला, केही नगरी बस्दा पनि पसिना आइरहने । हुनत त्यसबेला शरिरमा तातोपानीको आपूर्ति पनि धेरै थियो । पछि संक्रमणले छोडदै गएपछी यो सबै नर्मल हुँदै गयो । (ञ) यस अवधिभर म, श्रीमती अन्जु (यसबिचमा टेस्ट नगराएपनी संक्रमणको लक्षणहरु देखिएर करिब १२ दिन बिरामी परेको) र कर्मचारी अच्युतमजी (आफु पनि संक्रमित हुनुभएको) ले मिलेर यी ब्यवस्थापन गरेर सबैले यसै अनुसार सङ्गै उपचार गरेको । (ट) बजारको थप औषधि : बिहान बेलुकी एक एक चम्चा च्यावनप्रास, भिटामिन सी एसिटिक एसिड ट्याब्लेट र जिंक ट्याब्लेट एक एक चक्की बिहान बेलुकी । आयुर्वेदिक पसलबाट अश्वगन्धा र जेठी मधुको पाउडर । खोकी सन्चो गर्न आयुर्वेदिक कस्तुरी भूषण र कासामृत सिरप । जडिबुटी कम्पनिको सन्चो । (ठ) आफुसङ्ग शरिरमा अन्य रोग बिराम छैन भने धेरै डराउनु पर्ने रहेनछ । मैले आफ्नो अन्य कुनै रोगबिराम भएको महसुस गरेको छैन । मैले ओक्सिमिटर र थर्मामिटरबाट आफ्नो मापन नियमित गरिरहेको थिए । घिमिरे भन्छन, “यो मेरो ब्यक्तिगत अनुभव हो, सबैमा यो उपचार, विशेष गरी बजारको औषधीको प्रकार र मात्रा, लागू नहुन सक्छ । आफ्नो समस्याको प्रकृति एवम डाक्टरको सल्लाह अनुसार गर्नुहुन अनुरोध गर्दछु” । उनले थपे, “सबैभन्दा ठुलो कुरा आत्मबल हो, सकारात्मक सोँच र आत्मबल बलियो भए यो भाइरसलाइ सजिलै परास्त गर्न सकिने रहेछ” । उनले सबैलाइ सचेत रहन आग्रह गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु