कोरोना जितेका गोविन्द भन्छन, : ‘साथीभाई, आफन्तको माया र आत्मबल नै औषधी’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 389
  •  
  •  
  •  
  •  
    389
    Shares

गुल्मी । “सुरक्षाकर्मीको निगरानीमा स्वास्थ्यकर्मीले प्लाष्टिकमा पोको पारी डोजरले शव पुरेको कुरा सुन्दा निकै पीडा हुुन्थ्यो”, गुल्मीको मुसिकोट नगरपालिका ७ को वडा कार्यालयका कम्प्युटर अपरेटर गोविन्द कंडेलले भने, “आफु नै संक्रमित भएसँगै यो सामान्य होइन भन्ने अझ बढी थाहा भयो।” कंडेल राष्ट्रसेवक कर्मचारी भएको कारण घर भित्रै बस्न सम्भव थिएन । क्वारेन्टीन व्यवस्थापन देखी धेरै क्षेत्रमा उनको दैनिक कार्यव्यस्तता रहन्थ्यो । तर पनि हरेक काम गर्दा सुरक्षाका उपायहरु अबलम्बन गर्दा पनि उनलाई कोरोना देखियो । नगरपालिकाका केही कर्मचारीमा सामान्य लक्षण देखिएपछि उनी सहि २९ जनाको स्वाब गत भदौ २६ गते संकलन गरिएको थियो । तर नतिजा आउन निकै ढिला भयो । १२ दिन पछि आएको नतिजाले उनीसँगै १७ जनालाई कोरोना भाइरस रहेको पुष्टि भयो । यस विचमा उनले सुरक्षाका उपाय पालना गर्ने सँगै बेसार पानी, ज्वानो पानी पिउने भने नियमित रुपमा नै गरिरहेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

“कहाँबाट कसरी लाग्यो भन्ने थाहा नै भएन, अहिले सम्म पनि यसको स्रोत भेटिएको छैन” उनले भने, “तर कोरोनालाई सामान्य सोच्न हुने रहेनछ, आफुले भोगेपछि थाहा भो ।” कोरोना पुष्टि भएपछि उनी सँगै नगरपालिकाका कर्मचारी रुद्रावती बहुमुखी क्याम्पसमा रहेको आइसोलेसनमा बसे । संक्रमण भएको एक हप्तामै उनले कोरोना जितेर सामान्य जीवनमा फर्किए । “कोरोना देखिएपनि परिवारमा सहमती जुटाएर मन भारी बनाएर म आइसोलेसन तर्फ लागे।” उनले भने, “मन र आत्मबल दुवै बलियो बनाउँदै सकारात्मक सोँचाई राखेँ।” उनले थपे, “हामीलाई जटिल समस्या नदेखिए पनि टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने जस्ता सामान्य समस्या धेरै जसोलाई नै देखियो, विभिन्न जडीबुटी, वेसार, ज्वानो पानीले ठिक हुँदै गयो।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले आफ्ना आफन्त र साथिहरुले प्रदान गरेको सहानुभुतीले नै औषधीको रुपमा काम गरेको सुनाए । “यस दुःखमा साथीभाई इष्टमित्र आफन्तले लगाएको त्यो गुन वास्तवमै अमुल्य छ, साथमा दरिलो आत्मबल, पोषिलो र तातो अनी झोलिलो खानेकुरा नै हाललाई कोरोनाको औषधी हो भन्ने मेरो बुझाई छ।” उनले यो संक्रमण समुदायमा नै पुगिसकेको कारण अब पिसिआर परिक्षण मात्र नभएर हरेक नागरिक आफुलाई संक्रमित भएको सम्झिएर घरबाटै आफ्नोे उपचार गर्नुपर्ने बताए । संक्रमितलाई जुनसुकै बेला च्याप्न सक्ने तथा तत्काल लक्षण देखिने र छोड्ने भएकाले यसले बालबालिका,जेष्ठ नागिरक र दिर्घ रोगिलाई भने जटिल समस्या निम्ताउन सक्ने हुँदा थप सचेत रही रहनु पर्ने उनको सुझाव छ ।

“मेरो अनुभवमा कोभिड–१९ हामिले कल्पना गरे जती, सामाजिक सन्जाल र टेलिभिजनामा देखे जत्तिकै खतरा नरहे पनि केही हुँदैन भनी वेवास्ता गर्ने खालको सामान्य पनि होईन रहेछ।” उनले भने, “हामिले राम्रो सँग आफ्नो स्वास्थ्यको ख्याल गरेको खण्डमा भने यसलाई परास्त गर्न सकिन्छ।” उनले आफु संक्रमित रहेको अवस्थामा उनका दैनिक रुटिन थिए । बिहान ६ बजे उठ्ने, तातो पानीमा कागती राखेर पिउने, शारिरिक व्यायाम गर्ने, हात मुख धोएर खाजा खाने, इन्टरनेटको प्रयोगमा समाचार हेर्ने सामाजिक संजालको प्रयोग गर्ने, साथिहरु सँग कुरा गर्ने गर्देथे । त्यतिमात्र नभएर आयुर्वेदिक औषधि वनाएर खाने, गेम खेल्ने, तातो पानी पिउने, गीतसंगीत सुन्ने, संगित सुन्ने, मनोरन्जन गने गर्दथे । त्यति मात्र नभएर ज्वानो, वेसार पानी, गुर्जो पानी दुध वेसार पिउने काम गर्ने गरेको उनले सुनाए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु