भनेअनुसारको मुल्य पाउँदा आलु खेती गर्ने कृषकहरु उत्साहित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

११ साउन, काठमाडौं । आलु तरकारीको परिकार मध्येको सर्व प्रिय तरकारी हो । आलुको विभिन्न परिकार पनि बनाउन सकिनुका साथ अन्य तरकारीहरुसँग मिसाउदा पनि मीठो परिकार बन्ने हुदा आलु सर्वप्रिय बनेको हो । प्रायः भान्सामा आलु बिनाको तरकारी खल्लो मानिन्छ ।
मकवानपुरको थाहा नगरपालिका सबै भन्दा बढी तरकारी उत्पादन हुने ठाउँ हो जहाँ आलुको उत्पादन अझै धेरै हुने गर्दछ । यहाँका किसानले माघ महिनामा रोपेरको आलु जेठको अन्तिम साताबाट खन्न र बेच्न सुरु गर्दछन् ।
गत असार महिनामा आलुको मुल्य प्रती किलो रु ३० रुपैयाँ देखी ३५ रुपैयाँमा बेचेकोमा एक महिना पछि आएर अहिले आलुको मुल्य प्रति किलो रु ५५ देखी ६० रुपैयाँमा ब्यापारी घरमै आएर खरीद गर्न थाले पछि किसान उत्साहित भएका छन् ।
आफूले खुबै मेहनत गरे पनि आफ्नो मेहनतले उचित मुल्य नपाउदा निराश भएका किसानहरू यसरी आफ्नो उत्पादनले उचित बजार र बजार मूल्य पाउँदा आफूहरु एकदमै खुसी भएको र थप मेहनत गरेर तरकारी खेति गर्न जोस/जागर पैदा भएको थाहा नगर ७ का किसान अजय मोक्तानले बताए ।रासस

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु