दुइवटा नदीले कटान गर्दा सिँगो गाँउ नै जोखीममा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

रौतहट ९,श्रावण
दुईवटा नदीको कटानले रौतहटको गुुजरा नगरपालिका वडा–३ मा रहेको सिम्री गाँउनै जोखिममा परेको छ ।
पूर्वमा धन्सार खोला र पश्चिम लालबकैया नदीको तीव्र कटानले सिम्री गाँउ उच्च जोखिममा परेको छ भने गाँउलेहरु त्रसित भएर रातभर जाग्राम बस्न बाध्य भएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत आइतबारदेखिको अविरल वर्षासँगै लालबकैया नदी र धन्सार खोलामा आइरहेको बाढीले सिम्री गाँउछेउको पचास बिगाहभन्दा बढी खेतीयोग्य जग्गा कटान गरिसकेको छ । स्थानीय ज्ञानबहादुर लामा, जयबहादुर माझी, सुनिल माझी, बिष्णु माझी, हिरामान माझी, कृष्ण माझीलगायत १८ जना किसानको धान र मकै लगाएको ५० बिगाहभन्दा बढी जग्गा कटान भइसकेको स्थानीय समाजसेवी रामबहादुुर लामा अन्तरेले जानकारी दिएका छन् ।अविरल वर्षासँगै धन्सार खोला र लालबकैया नदीमा आइरहेको बाढीले सिम्रीगाँउको कछडिया टोल र लामा टोलका एकदर्जन बढी घरमा समेत क्षति पु(याइसकेको समाजसेवी लामाले जानकारी दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वस्तीको दुुवै तर्फ नदीको बहाव भएकाले कुन बेला कसको घर कटान गरेर बगाउँछ भने डरले गाँउलेहरु रातभरी सुत्न नसकेको स्थानीय विष्णुु माझीले दुुखेसो पोखीन । दुई सय ८० घरधुरी रहेको सिम्री गाँउका गाँउलेहरु पछिल्लो एक महिनादेखि त्रासमा रहेका छन ।प्रायः सबै परिवार ज्याला मजदुरी तथा धेरथोर खेती गरेर गुजारा चलाइरहेका सिम्रीबासीको एकैपटक ५० बिगहा जग्गा खोलाले कटान गर्नुका साथै केही जग्गामा बालुवाले पुरेकाले बाँच्ने आधारनै गुमेको अर्का समाजसेवी तथा नेकपाका एकजना नेता काजीमान माझीले बताए । वर्षायाममा बाढीकै कारण सिम्रीबासीको रौतहटसँग सम्बन्ध टुट्ने गर्दछ । लगातार ३ महिना बाराको निजगढ बजारबाट नै सबै किनमेल गर्नुु पर्ने वषको बाध्यता रहेको उनले बताउ ।सिम्रीबासीको यत्रो ठूलो समस्या हुँदापनी राज्यस्तर बाट औपचारिक निरीक्षण गर्न समेत कोही नआएको नेता माझीले गुनासो गरेका छन् ।

उता, लालबकैया नदीको बाढीले तेजापाकड नजिक तीव्ररुपमा तटबन्ध कटान गरिरहेको छ । त्यसैगरी बागमतीको बाढीले बसतपुर र ब्रह्मपुरी गाँउ नजिक तटबन्ध कटान गरिरहेको छ । दुुबै स्थानको कटान नियन्त्रण नभएमा ठूलो क्षति हुनसक्ने स्थानीयहरुले बताएका छन् । बागमती लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुर बाराका प्रमुख राजकुुमार श्रीवास्तवले ब्रह्मपुरी, बसतपुर र तेजापाकड कटान क्षेत्रमा बाँस पाइलिङसहित नियन्त्रणको काम भइरहेको जानकारी दिएका छन् । गुुजरा नगरपालिका–३ सिम्रीगाँउको कटान निरीक्षण गर्न प्राविधिक टोली गईसकेकाले आजै भोलिमा नदी नियन्त्रणको काम पनि सुुरु हुने प्रमुख श्रीवास्तवले जानकारी दिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु