कोरोना रोक्न सरकारले लगाएको प्रतिबन्द विरुद्ध जर्मनीमा हजारौको प्रदर्शन

जर्मनीमा करिब ४० हजारको संख्यामा मानिसहरुले प्रदर्शन गरे। तस्वीर रोयटर्स

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौ जनाले प्रदर्शन गरेका छन् । सडकमा करिब ३८ हजार मानिस उत्रिएका थिए र प्रदर्शन सामान्यतया शान्तिपूर्ण रहेको थियो । जसमध्ये ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन्। बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो। तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन्। बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि गिरफ्तार गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ। मानिसहरू विभिन्न स्थानहरूमा सँगसँगै बसेका थिए। अर्को स्थानमा करिब ३०,००० मानिसहरू भेला भएका थिए। उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रदर्शनकारीहरू लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लङ्घन गरेको ठान्छन् र ती फिर्ता लिइयोस् भन्ने चाहन्छन्। जर्मनी कोरोनाभाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ। त्यहाँ एप्रिल महिनामा भौतिक दूरीको नियम खुकुलो बनाइएको थियो। त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम बिहीवार जारी गरेका छन्। सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध पनि आउँदो वर्षसम्मको निम्ति बढाइएको छ। सो प्रतिबन्दहरुरको विरुद्धमा आन्दोलन चर्किएको बीबीसीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु