काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।इन्स्योरेन्सको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच सोमबार (असोज २६ गते) सेयर सूचीकरण सम्झौता भएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश रहेको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो । उक्त आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका थिए । ५ लाखभन्दा बढी आवेदकको हात खाली भएको थियो । नेप्सेले पहिलो कारोबारका लागि रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्मको ओपनिङ मूल्य रेञ्ज तोकेको छ । कम्पनीको संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोडको बराबरको १ करोड कित्ता शेयर सूचीकृत भएको हो । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ ।