जुर्मुराए गुल्मीका युवा – करोड लगानीमा बाख्रा फार्म शुरु गर्दै !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

अनिश शर्मा गैरे, ११ साउन काठमाण्डौ

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

देशका धेरै युवाहरुको समस्या हो रोजगारी । अझ अहिलेको कोरोना भाइरसको महामारीको कारण धेरैले रोजगारी गुमाउनेछन् । जसले धेरैलाइ नया रोजगारी खोज्नुपर्ने बाध्यता दिलाएको छ । तर यसैबिचमा गुल्मीको मुसिकोट नगरपालिकाका ८ युवाहरुले एक करोडको लागतमा बाख्रापालन व्यवसाय सुरु गर्न लागेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मुसिकोट नगरपालिकाका हरी प्रसाद खराल, टिकाराम खरेल लगायतका युवाहरुले बाख्रा पालनको लागि एक करोड भन्दा बढी लगानी गर्दैछन् । उनीहरुलाइ साथ दिएका छन् खगराज खराल, यादुमणी खराल, विकास कंडेल, कुल बहादुर पौडेल, रामप्रसाद चालीसे र भोजराज सापकोटाले । गाँउमै आम्दानीको श्रोत स्थापना गर्ने र केही युवाहरुलाइ रोजगारी दिने उद्धेश्य बोकेर युवाहरु यो अभियानमा लागेका हुन् ।

‘गाँउ सारै शुन्य भयो, घरहरुमा तालाचावी लागेका छन’ खरालले भने ‘त्यसैले गाँउमा केही युवाहरुलाइ रोजगारी दिने र थोरैधेरै रौनक थप्ने भनेर फार्म चलाउन लाग्यौँ’ । उनले आम्दानी सँगसँगै गाँउको शुन्यता चिर्नको लागि बाख्रापालन व्यवसाय सुरु गर्न लागीएको जानकारी दिए ।

करिब एक करोड लगानी गरेर ५ सय बाख्रा राख्न मिल्ने ३ वटा खोर तयार गरिएको छ । तर लकडाउनको कारण बाख्रा खरिद गर्न भने ढिलाइ भएको छ । ‘बैशाख १ गतेबाट १ सय बाख्रा राखी फर्म उद्घाटन गर्ने योजनामा थियौँ’ अर्का युवा कुल बहादुर पौडेलले भने ‘चैतमै लकडाउन भयो, अब यो नखुले सम्म हामीले सक्ने भएनौ’ ।

कालिका बाख्रा फार्म नाममा दर्ता गरेर अघि बढेका युवाले २ वटा ठुलाठुला खोरहरु बनाएका छन् । जसमा दिउँसोमा घाँस खुवाउन एउटा खोर, राती राख्नको निम्ती अर्काे खोर बनाइएको छ । ती खोरमा पनि पाठापाठी र माउ बाख्रा छुट्टाछुट्टै राख्ने गराइएको छ । उक्त खोर ५ सय बाख्रा अट्न सक्ने क्षमताको रहेको पौडेलले जानकारी दिए ।

पाखापखेराको पनि सदुपयोग
युवाहरुले बाख्रा पालनको लागि आवश्यक पर्ने नेपियर लगायतका घाँस पनि रोपेका छन् । त्यसैमाथी बसाइसराइले जँगलमा यसै खेर गइरहेको घास दाउरा पनि सदुपयोग हुने उनीहरुको बिश्वास छ । ‘पहिले पहिले गाँउमा मानिस थिए, उनीहरुले पाखापखेरमा घाँस दाउरा गर्थै, त्यसैले पाखापखेरा घना भएका थिएनन्’ उनले भने ‘आजकल मान्छेको आवतजावत कम भएसँगै घाँस दाउरा नगरीँदा खेर गइरहेको घाँस पनि सदुपयोग हुने भो’ ।

उनीहरुले बसाइसराइले शुन्य बनेका गाँउमा रौनक थप्ने लक्ष्य राखेका छन्। युवाहरुले फार्मबाट उत्पादित मललाइ प्रयोग गरेर अन्य खेती पनि बिस्तार गर्ने पनि तयारी गरेका छन् ।

कृषकलाइ प्रोत्साहन गर्ने अभियानमा स्थानीय सरकार
मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले पनि नगरपालिका भित्र कृषि गर्न चाहने ब्यक्तिहरुलाइ लगानीअनुसारको अनुदानका कार्यक्रमहरु लिएर प्रोत्साहन गर्ने काम गरिएको जानकारी दिए ।

लगानी गर्ने युवाहरुलाइ स्थानीय सरकारले सबै खालका सहयोग गर्ने उनको भनाइ छ । ‘हामीले कृषकको हितको निम्ती सबै किसीमका सहयोग हरु गर्न तयार छौ’ सापकोटाले भने ‘हामीले सीप दिन्छौ, प्रविधि दिन्छौ, किसानलाइ पुँजीको अभाव हुन नदिन ब्याज अनुदानमा ऋण दिन्छौ, त्यति मात्र होइन उत्पादनको बजारीकरणको पनि ग्यारेन्टी पनि गर्छाै’ ।

उनले ढुक्क भएर व्यवसाय सञ्चालन गर्न समेत युवाहरुलाइ आग्रह गरे । यसबिच ब्यवसाय गर्न सुरुमा ठुलो लगानी गर्ने तर केही बर्षमै व्यवसाय छोडेर परदेशीने चलन पनि बढ्दो छ । जसको लागि निरन्तर मिहेनत र दृढताको खाँचो छ ।

हेरौ भिडियो

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु