काठमाण्डौ । एक बर्ष भन्दा लामो समय देखी उतारचढाव आइरहेको सुनचाँदीको मुल्य केही दिन देखिी गिरावट भइरहेको छ । विहिबार ७ सयले घटेको सुनको मुल्य शुक्रबार पनि घटेको छ । यस दिन सुन तोलामा एक सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैगरी, चाँदीको मूल्य पनि पछिल्लो तीन दिनदेखि लगातार घटेको छ। शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउ पछिल्लो समय यता घटिरहेको छ जसको प्रभाव नेपाली बजारमा पनि परेको हो। तर, नेपाली सुनचाँदी व्यवसाय भने कोरोना महामारी फैलिएसँगै भएको निषेधाज्ञाका कारण देशका प्राय स्थानमा ठप्प छ।