गोगंबु हत्याकाण्ड : हत्यारा सार्वजनिक, नशालु पदार्थ खुवाएर बहोस बनाइ घाँटी थिचेर मारेको खुलासा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 205
  •  
  •  
  •  
  •  
    205
    Shares

काठमाण्डौ ।
गोंगबु हत्याकाण्डमा संलग्न भएको आरोपमा कल्पना शाहीलाई चितवनमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर कृष्णबहादुर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीनचार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए।
वयानको क्रममा शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको र बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी प्रहरीले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएका कृष्णबहादुरको अण्डकोषमा प्रहार गरी उनको हत्या गरिएको खुलेको छ । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राख्छिन् । टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्किन्छिन् ।

त्यसपछि कोठामा आएर फेरि टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर जान्छिन् । बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् ।

चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै हत्यामा संलग्न भएको स्वीकारोक्ति बयान दिएकी छिन् । हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् ।

प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ ।

घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेपछि मृतकको तस्वीर सञ्चारमाध्यमबाट सार्वजनिक गरिएको थियो । सोही तस्वीरका आधारमा महानगरीय प्रहरी वृत महराजगञ्जमा आइपुगेका उनका मामाको भनाई अनुसार कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो । मध्यरातमा भएको यस घटनाबारे घरधनीले मध्यरातमा त्यस्तो आवाज आफूले नसुनेको बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु