भेन्टिलेटर र आइसीयू बेड थप्नका सरकारले दियो बजेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ गरिने जानकारी दिएको छ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाण्डौ । सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड १९ को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २, २ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माणका लागि २, २ करोड बजेट निकासा गरेको संसदीय समितिलाई जानकारी दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको आजको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २, २ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिए ।

ति अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको उनले बताए । कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ गरिने पनि उनले बताए । समितिले कोरोना परिक्षण गरेकाको रिर्पोट २४ घटाभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको सभापति जयपुरी घर्तिले जानकारी दिए ।

समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन पनि दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु