काठमाण्डौ ।
श्रमिकले जम्मा गरेको करोडौँ रकम नोबेल कोरोना भाइरसकको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारमा खर्च हुन सकेको छैन ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोरोना महामारी सुरु भएको ५ महिना वित्दा पनि विदेशमा अलपत्र नेपालीको निशुल्क उद्धार हुन नसकेको हो ।



JUNGLE






from the
city



यद्यपी चार्टर्ड उडानमार्फत नेपालीहरूलाई स्वदेश फर्काउने काम भने नियमित भइरहेको छ । हिजोसम्मको तथ्याङ्क अनुसार बिभिन्न मुलुकमा अलपत्र ४९ हजारभन्दा धेरै नेपाली आफैले भाडा तिरेर काठमाडौँ फर्किसकेका छन् ।
अलपत्र नेपालीको निशुल्क उद्धार गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १ मा नेपालीको उद्धारका लागि कल्याणकारी कोषको रकम खर्च गर्नु भनेको थियो । तर अझैसम्म पनि सरकारसँग कति नेपालीको निशुल्क उद्धार गर्नुपर्ने भन्ने तथ्याङ्क छैन ।
वैदेशिक रोजगार वोर्डका प्रवक्रा दिनबन्धु सुवेदीले हालसम्म मलेसियाबाट मात्र ८ सय नेपालीको उद्धार गर्नुपर्ने प्रस्ताव त्यहाँस्थित नेपाली दूतावासले पठाएको सीआईएनसँग बताए । वोर्डले नेपालीको उद्धारका लागि ७५ करोड रुपैयाँ छुट्टाएको छ ।
कोरोनाका कारण स्वदेश फर्किएका १ सय ८७ जनालाई भने काठमाडौँबाट सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउनका लागि सहयोग गरिएको पनि सुवेदीले जानकारी दिए ।