गुल्मीमा सामी प्रोजेक्ट : श्रीमती र बुहारीलाइ जागीर खुवाउने दाउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 347
  •  
  •  
  •  
  •  
    347
    Shares

गुल्मी, १६ साउन
नेपाल सरकार र स्वीस सरकार बीचको साझेदारीमा गुल्मी जिल्लामा लागु गर्न थालिएको सुरक्षित आप्रवासन परियोजना (सामी) मा जिल्लाका केही टाठा – बाठा कम्युनिष्ट नेताहरू ले आफ्ना श्रीमती र बुहारीलाई योजनाबद्ध ढंगले जागिर लगाउन थालेको रहस्य खुल्न आएको छ । नेपाली काँग्रेस गुल्मीले उक्त कार्यको विरोध गरे सँगै यो तथ्य जनताहरु माझ छर्लङ्ग भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र छत्रकोट गरी गुल्मीका ४ वटा स्थानीय तहमा लागु गर्न लागिएको थियो । उक्त परियोजनाको लागि कर्मचारी छनोटको संयोजकको रुपमा रेसुङ्गाका मेयर डिल्लीराज भुसाल र प्रशासकीय अधिकृत भक्तिराम मरासिनी छनोट समितिमा रहेका छन् ।
रेसुङ्गा नगरपालिकाको कार्यालयमा गत साउन ११ गते परीक्षा लिइने कार्यक्रम तय थियो । ११ बजे लिखित परीक्षा सञ्चालन गर्ने भनिएको भएता पनि विहान साढे ९ नबज्दै परीक्षार्थीहरू गजब ढंगले परीक्षा हलमा प्रवेश गराईयो । सबै आफ्नै मान्छेहरु । आफ्ना भन्दा बाहिरका मान्छेहरुले दिएका उम्मेद्वारीलाइ वेवास्ता गरी खबर नै दिईएन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल नेपाली काँग्रेस गुल्मीका उपसभापति विष्णु प्रसाद बरालको नेतृत्वमा गरिएको आन्दोलन पश्चात सो परीक्षा स्थगन गरिएको छ। यस अघि पनि सो परियोजनाका लागि कर्मचारी भर्ना प्रकृया धेरैचोटी रोकिएको थियो। शुरूमा सेवाप्रदायक संस्था मार्फत प्रक्रिया अघि बढाइएको कर्मचारी भर्ना प्रकृया पछि आफू निकटकाहरू लाई जागिर लाउने दाउ पूरा नहुने देखे पछि प्रथम पटक २०७६ फाल्गुणमा प्रक्रिया रोकिएको थियो ।

इस्मा गा.पा. का अध्यक्ष लक्ष्मण विष्ट हुन् । उनी पूर्व मन्त्री गोकर्णराज विष्टका दाजु समेत हुन् । इस्मा गा.पा.को छनोटको छोटो सूचीमा उनकी बुहारी सुमित्रा भण्डारी विष्टलाई राखिएको छ । त्यस्तै रेसुङ्गा न.पा.को सर्ट लिष्टमा ने.क.पा. क्षेत्र नं २ का अध्यक्ष नरेश भण्डारीकी श्रीमती निर्मला भट्टराई छिन् भने ने.क.पा. रेसुङ्गा न.पा. का अध्यक्ष हरि पोखरेलकी पत्नी शान्ता पोखरेल समेतलाई राखिएको छ। त्यसै गरी मुसिकोट न.पा.मा प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीकी भाउजु सावित्रा भण्डारी लगायतलाइ राखीएको छ ।

के रोजगारको सूचना जनताले पाएकै हुन त ?
गत फाल्गुणमा सेवाप्रदायक संस्था मार्फत काम अघि बढाउँदा आफ्ने उद्देश्य पूरा नहुने भए पछि प्रक्रिया रोकिएको थियो। एकाएक चार महिना पछि २०७७ असार २७ गते कर्मचारी छनोटको लिखित परीक्षा बारे थाहा पाए पश्चात रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेस सम्बद्ध जनप्रतिनिधिले आफू हरू लाई कुनै जानकारी नै नदिई गोप्य रूपमा अगाडी बढाइएको कुराको विरोध गरे पछि परीक्षा स्थगन गरिएको थियो।

 

नगरपालिका भन्छ,“हामीले सूचना गोप्य राखेका थिएनौं। लुम्बिनी राष्ट्रिय दैनिक पत्रिकामा छापेका छौं। वेबसाइटमा राखेका छौं।“ तर स्मरण रहोस् सो पत्रिका गुल्मीमा विरलै भेटिन्छ। अनि वेबसाइट कतिको पहुँचमा हुन्छ! अनि उल्लेखित ४ वटै स्थानीय तहका जम्मा ३५ वटा वडाका कुनै पनि सूचना पाटीमा सूचना थिएन । नत कुनै स्थानीय रेडियो, टि.भी. वा पत्र पत्रिकामा सूचना सम्प्रेषण गरिएको थियो।

४ वटै स्थानीय तहका कुनै पनि आम नागरिकले सूचना थाहा नपाएर कम्युनिष्ट नेताका आफन्त र कार्यकर्ताले मात्रै आवेदन दिनु, नेपाली काँग्रेस सम्बद्ध जनप्रतिनिधिलाई थाहा नै नदिई कर्मचारी विज्ञापन र छनोट समेतमा अघि बढ्नु कोभिड १९ को विषम परिस्थितिको फाइदा उठाएर आफ्ना नेताका श्रीमती, बुहारी र बहिनीलाई जागिर खुवाउन योजना बनाएको देखिएकोे काँग्रेसले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु