नेपालमा पूर्वीय संस्कृति लोप हुँदै जानु; आधुनिकीकण की पश्चिमीकरण !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 113
  •  
  •  
  •  
  •  
    113
    Shares
– हिरालाल चालिसे ‘हरि’ 
आधुनिकीकरणले समाज भित्रको प्रगतिशील परिवर्तनको प्रक्रिया व्याख्या गर्दछ यसले समाजलाई  उन्नत, सुसंस्कृत, सभ्य र स्तरीय  बनाउने प्रक्रिया लाई जनाउँदा छ ।
आधुनिकीकरणले सामाजिक चरहरूलाई पहिचान गर्ने प्रयास गर्दछ जसले सामाजिक प्रगति सँगै समाजको विकासमा योगदान पुर्‍याउँछ र वैज्ञानिक सामाज विकासमा जोड दिन्छ । आधुनिकीकरणको सिद्धान्तले परिवर्तनको प्रक्रियालाई मात्र जोड दिँदैन।
यसले सामाजिक र सांस्कृतिक संरचना र नयाँ प्रविधिहरूको अनुकूलनको सन्दर्भमा आन्तरिक गतिशीलता पनि  हेर्ने गर्दछ । नयाँ टेक्नोलोजी सामाजिक परिवर्तनको एक प्रमुख आधार हो।
सामाजिक परिवर्तनले सामाजिक व्यवहारको ढाँचा र सांस्कृतिक मूल्य र मान्यता  समय अनुसार हुने  कुनै महत्वपूर्ण परिवर्तनलाई जनाउँदछ। आधुनिकीकरणले परम्परागत  समाजबाट नयाँ प्रविधियुक्त सामाजिक परिवर्तनलाई प्रतिनिधित्व गर्दछ, यद्यपि नयाँ प्रविधिहरूले  आफैमा समाज परिवर्तन गर्छ भन्ने होइन । प्रविधिको प्रयोग र त्यसको प्रतिक्रिया  परिवर्तनको कारण भने पक्कै हो ।
 प्रविधिले  यसलाई अझ अधिक नवीन समाज र व्यापक सामाजिक परिवर्तनको लागि सम्भव बनाउँदछ। शताब्दियौंदेखि त्यो नाटकीय परिवर्तन जुन सामाजिक, औद्योगिक र आर्थिक रूपले विकसित भएको छ, यसलाई आधुनिकीकरणको रूपबाट हेर्न सकिन्छ ।
“अहिले,  हामीले हाम्रो भाषा नबोलेर अङ्ग्रेजी भाषा बोल्ने लाई आधुनिक मान्न थालेका छौं। धोती, दौरा सुरुवाल र टोपी को ठाउँमा टाई सुट लगाउने लाई मात्र आधुनिक मानेका छौँ । नमस्कार को सट्टा हात मिलाउने प्रचलन लाई आधुनिक मानेका छौँ।” 
यसरी परम्परागत, अन्धविश्वास युक्त अवैज्ञानिक समाज बाट  प्रगतिशील, प्रविधि युक्त वैज्ञानिक समाज विकास हुने  प्रक्रिया लाई  आधुनिकीकणको प्रक्रिया भन्न सकिन्छ । आधुनिक विकासको प्रक्रिया युरोप बाट सुरु भएको र औद्योगिक क्रान्ति पछि तिब्र भएको देखिन्छ।
विश्वमा उन्नाईसौं र बीसौं शताब्दीतिर युरोपकेन्द्रित सामाजिक परिवर्तनको प्रभाव रह्यो । युरोपका बेलायत, फ्रान्स,जर्मनी जस्ता शक्तिशाली देशले पूर्वीय सभ्यता भएका देशहरू सँगै विश्वका अधिकांश देशहरूमा   साम्राज्य र उपनिवेश कायम गरी विश्वव्यापी रुपमा पश्चिमा संस्कृति या नि कि पश्चिमीकरणको लागि मार्गप्रशस्त गराउने काम गरे । यसरी युरोप बाहेकका देशहरूमा  युरोपेली देशको उपनिवेश कायम गर्न युरोपको औद्योगिक क्रान्तिले पनि एक प्रकारले सहयोग गरिरह्यो। फलस्वरूप, विश्व समाजसँगै नेपाली समाज पनि व्यापक रूपमा आधुनिकता, विकास, समृद्ध, स्वतन्त्रता आदि तर्फ उन्मुख भइरहेको छ, त्यो राम्रो पनि  हो ।
नेपाली समाजको इतिहास केलाउँदा नेपाली संस्कृति र सभ्यता पूर्वीय संस्कृति बाट विकास भएको मानिन्छ । तर यहाँ पश्चिमीकरणलाई नै आधुनिकता भन्ने भ्रम पर्न थाले पछि पूर्वीय संस्कृति र सभ्यताको आस्था कम हुन् थालेको देखिन्छ । वास्तविक आधुनिकताले समाजलाई  उन्नत, सुसंस्कृत, सभ्य र स्तरीय  बनाउँदछ  तर पश्चिमीकरणले हाम्रो पूर्वीय दर्शन मा रहेको विज्ञान, यसका मान्यता, यसका सभ्यता  र आदर्शलाई  मेटाउने काम गर्दछ । हामीले  आधुनिकीकरण र पश्चिमीकरणबीच को फरक छुट्याउन नसक्दा हाम्रो मौलिकता हराउने  मात्रै होइन,   पूर्वीय संस्कृति पुनरुत्थान हुन नसक्ने गरी जताततै  तिब्र रूपमा पश्चिमा प्रभाव हावी भएको छ ।
आधुनिक विकासको प्रक्रिया पश्चिमा देशहरू बाट सुरुवात भएको कारणले आधुनिकतामा पश्चिमी संस्कृतिको प्रभाव बढी देखिन्छ। यसले गर्दा आधुनिकताको नाममा पश्चिमा संस्कृति अङ्गिकार गरिएको छ ।आधुनिकताको नाममा सँगै भित्रिएको पश्चिमा संस्कृतिसंग पूर्वीय संस्कृतिले काउन्टर गर्न नसक्दा पूर्वीय संस्कृति र सभ्यता लुप्त हुन पुगेको छ वा हराउने अवस्थामा पुगेको छ ।
अहिले,  हामीले हाम्रो भाषा नबोलेर अङ्ग्रेजी भाषा बोल्ने लाई आधुनिक मान्न थालेका छौं। धोती, दौरा सुरुवाल र टोपी को ठाउँमा टाई सुट लगाउने लाई मात्र आधुनिक मानेका छौँ । नमस्कारको सट्टा हात मिलाउने प्रचलन लाई आधुनिक मानेका छौँ।  यी त  पश्चिमा संस्कृतिलाई आधुनिक देखिने लाल्चामा अङ्गिकार गरिएका पश्चिमा संस्कारका केही उदाहरण मात्र हुन्।   हामीलाई के लाग्छ भने युरोप, अमेरिकामा बस्ने मानिसले लगाउने भेषभूषा, खानपान, मनाउने चाडपर्व, मान्ने धर्म, संस्कृति, व्यवहार नै आधुनिक हो, पूर्वीय धर्म संस्कृति आधुनिक होइन र हुनसक्दैन । तर वास्तवमा त्यसो होइन। पूर्वीय संस्कृति पनि आधुनिक बन्न सक्दछ यदि यसको विज्ञान जानेर प्रयोग र प्रसार गर्न सकेमा ।
उन्नाईसौं शताब्दी तिर विश्वका करीब ५२ देशहरूमा ब्रिटिस साम्राज्य फैलिएको थियो। त्यही समयमा नै तिनीहरूको भाषा विश्वको माध्यम भाषा बन्न पुग्यो। ब्रिटिस साम्राज्यका शासकहरू कुनै पनि देशलाई दीर्घकालीन रूपमा आफ्नो उपनिवेशमा राख्नु छ भने  ती देशहरूको सनातन धर्म, भाषा र संस्कृतिलाई विस्थापित गराई आफ्नो भाषा, धर्म र संस्कृति स्थापित गर्नु पर्छ भन्ने निष्कर्षमा पुगे ।
वास्तविक आधुनिकताले समाजलाई  उन्नत, सुसंस्कृत, सभ्य र स्तरीय  बनाउँदछ  तर पश्चिमीकरणले हाम्रो पूर्वीय दर्शन मा रहेको विज्ञान, यसका मान्यता, यसका सभ्यता  र आदर्शलाई  मेटाउने काम गर्दछ । हामीले  आधुनिकीकरण र पश्चिमीकरणबीच को फरक छुट्याउन नसक्दा हाम्रो मौलिकता हराउने  मात्रै होइन,   पूर्वीय संस्कृति पुनरुत्थान हुन नसक्ने गरी जताततै  तिब्र रूपमा पश्चिमा प्रभाव हावी भएको छ ।
उनीहरूले पूर्वीय संस्कृति र सभ्यता प्रति  विश्वास गुमोस् र पश्चिमा संस्कृति प्रतिको विश्वास बढोस् भन्ने चाहन्थे ।  जसको परिणामस्वरूप अंग्रेजहरूले पूर्वीय संस्कृतिको अपव्याख्या गरी पूर्वीय सभ्यताबाट विकास भएको समाजमा आन्तरिक द्वन्द सृजना गराउने काम गरे। जसले गर्दा आधुनिकता भनेको नै पश्चिमी संस्कृति, हो भन्ने भ्रम स्थापित हुन् पुग्यो ।
यसरी पूर्वीय संस्कृति लोप हुनु आधुनिकीकरण नभई  पश्चिमीकरणको उपनिवेशकारी प्रभाव नै हो ।  आधुनिकताको अर्थ समाजलाई सभ्य, स्वस्थ, सुरक्षित, स्तरीय र सुसंस्कृत बनाउँनु हो भने मानिसको भेटमा हात मिलाउनुको सट्टा नमस्कार गरी आदरभाव प्रकट गरिने संस्कार नै आधुनिकता हुनु पर्ने हो, किनकि नमस्कार गर्ने संस्कारले मानिसहरू बीचको भौतिक सम्पर्कलाई टाढा राख्छ र विभिन्न प्रकारका जीवाणु तथा विषाणुको संक्रमण हुनबाट पनि बचाउँछ र सुरक्षित रहन पनि मद्दत गर्दछ। जुन संस्कार अहिले कोरोना कहरको समयमा आधुनिक संस्कार बनेको पनि छ ।
त्यसकारण विकाशोन्मुख र अविकसित देशको विकास एवं आधुनिकताको पूर्वसर्त पश्चिमीकरण हुँदै होइन, पश्चिमीकरण नमान्नु या अस्वीकार गर्नु आधुनिकतालाई अस्वीकार गरेको भन्ने हुनैसक्दैन ।
यसरी हामीले आधुनिकताका नाममा नबुझिकन हाम्रो सभ्यता र संस्कृतिको अस्तित्व गुमाउने अवस्थामा पुगेका छौं । जुन हुनु हुँदैनथ्यो। अब, पूर्वीय संस्कृति पनि आधुनिक संस्कृति बन्न सक्दछ भन्ने तिर नी ध्यान जान जरुरी छ ।
लेखक चालिसे खड्गदेवी माविका शिक्षक तथा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्नातकोत्तर तहका समाजशास्त्रीय विद्यार्थी समेत हुन् । 
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु