गृहमन्त्रीको सचिवालयले भन्यो, ‘धानबाली नष्ट गरेर कार्यक्रम गरेको हाइनौ’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो । बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ ।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताए । कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ ।

‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजीकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रेस नोटमा भनिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु