सिटिइभिटीले विद्यार्थी संगठनलाई गन्दैन, यस्तै चलिरहे हामी कडा कदम उठाउछौँ : महेन्द्रजँग शाही, {अन्तर्वार्ता}

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

नेपालमा प्राविधिक शिक्षा प्रदान गर्ने महत्वपूर्ण अंग तथा शैक्षिक धरोहर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभीटिले भने जस्तो नतिजा दिन नसकेको बताइने गरिएको छ । त्यसमा पनि मन्त्रालयको हस्तक्षेप भयो भनेर पनि प्रतिक्रिया आउने गर्दछन् । यही विषयमा सिटिइभिटीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले के कस्ता कामहरु गरिरहेको छ भन्ने विषयमा हामी संघका सभापति महेन्द्रजंग शाही (चट्टान) सँग केही कुराकानी गरेका छौँ । पढौ उक्त कुराकानीको सम्पादित अंश

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिटिइभिटिले दिइरहेको व्यवसायिक शिक्षामा नेविसंघको प्रतिक्रिया के छ ? – हामीले विद्यार्थीका कुराहरु बोल्ने हो । हामीहरुका हक हितको विषयमा आवाज बुलन्द गर्ने हो । शिक्षा सबल हुनुपर्छ भन्ने माग राख्ने हो । तपाईले भने जस्तै सिटिइभिटीले नेपालमा प्राविधिक धारको पढाईको क्षेत्रमा काम गरिरहेको छ । विद्यार्थीहरुले विभिन्न सीपहरु प्रदान गरिरहेको छ । यसैबाट शिक्षा लिएर हजारौ विद्यार्थीहरु अहिले रोजगार भएका छन् । त्यतिमात्र नभएर कतिले आफ्नै व्यवसाय गरेका छन् । त्यसकारण नेपालमा प्राविधिक क्षेत्रको धारमा सिटिइभीटिले आमुल परिवर्तन नै ल्याएको छ भन्दा हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

केही महिना अघि शिक्षामन्त्री गीरिराजमणी पोखरेलले सिटइभिटीलाई तोकेर नै प्रश्न गर्नुभयो– यो जागिर खाने ठाँउ मात्र भयो, काम गर्न सकेन । मन्त्रालयले हस्तक्षेप मात्र गर्याे भन्छ, हामीले हस्तक्षेप कहाँ गरेका छौँ ? यसमा नेविसंघ के भन्छ ? – मन्त्रीले एक सार्वजनिक कार्यक्रममै भन्नुभएको हो । जहाँसम्म जागिर खाने थलो भयो भन्ने विषयमा उहाँलाई त्यस्तै लागेको होला । पछिल्लो क्रममा मन्त्रालय र सिटिइभिटी विचमा केही खटनपटन आएकै हो । मन्त्रालयले यहाँबाट पढाइ हुने केही विधामा हस्तक्षेप पनि गरेको हामीले देखेका छौँ । यहाँ धेरै पटक पैसाको खेल चलेको छ । हेल्थ सेक्टरका विषयहरु सञ्चालन गर्ने, हटाउने विषयमा पनि धाधली भएको छ । टिएसएलसीका कोर्सहरु हटाउने विषय देखी माफियाहरुलाई पोषाउने काम पनि यहाँ भएको छ । त्यसकारण मन्त्रीज्यूले भनेको कुरा पनि सत्य नै हो भन्ने मलाई लाग्छ ।

सिटिइभिटी जुन उद्धेश्यले स्थापना भएको हो, सोही अनुसारको लक्ष्य यसले भेटाइरहेको छ कि छैन, तपाईको विचारमा ? – पक्कै पनि, यसले राखेका भिजन र मिसन पूर्ण रुपमा पुरा भएका छैनन । तर मैले अघि नै भनेजस्तै विद्यार्थीहरुको राजगारी, व्यवसायिकतामा यसले निकै महत्वपूर्ण भूमिका निभाएको छ । यो अझै परिस्कृत हुन भने जरुरी छ ।

यस्ता किसीमका अराजकताका विषयमा नेविसंघ किन बोल्दैन ? – कस्ले भन्यो हामीले बोल्दैनौ भनेर ? विद्यार्थीहरुको हकहितको विषयमा हामीले सडक तताएको देख्नुभएको छैन ? हामीले प्राविधिक शिक्षा पढाई हुने भौतिक संरचना नपुगेका कलेजमा भौतिक संरचना बनाउन नियमित दवाव दिएका छौ, त्यसअनुसार काम पनि भएको छ । त्यस्तै सातवटै प्रदेशमा यसका कार्यालय ल्याउन आवाज उठायौँ । सातै प्रदेशमा यसका आँगिक कलेजहरु खोल्न पनि माग गरिरहेका छौँ । त्यस्तै बार्षिक रुपमा सिटिइभिटीको क्यालेन्डर ल्याउन पनि हामीले भनेका छौँ । तोकिएको भन्दा बढी शुल्क लिने विषयमा पनि हामीले आवाज उठायौँ । विद्यार्थीहरुको शुल्क निर्धारण, रजिस्ट्रेशन, एक्जाम फर्मको शुल्क मिनाहाको माग पनि गर्याैँ । विद्यार्थीहरुको हकहित र प्र्राविधिक धारको कक्षा भनेजस्तो होस भन्नको निम्ती हामी र हाम्रो संगठन निरन्तर रुपमा लागीरहेको छ । त्यतिमात्र नभएर निर्मला पन्त, सम्झना विककोे न्यायको निम्ती हामीले आवाज उठाइरहेका छौँ । त्यसैगरी देशमा भएका अन्य धेरै अन्यायका विरुद्धमा हामीले आवाज बुलन्द गरिरहेका छौँ ।

आजकल नेविसंघ मात्र नभएर विद्यार्थी संगठनहरु अराजक बन्ने गरेका छन् । यस विषयमा तपाईको नेतृत्वले के गरिरहेको छ त ? तपाईले भन्नुभएको सत्य हो । केही विद्यार्थीहरुको अराजक व्यवहारको कारण संगठन नै नराम्रो बन्न पुगेका उदाहरण हरु छन् । यसको निम्ती हामी विद्यार्थीहरु स्वयं नै नैतिकवान नभएसम्म हुँदैन । हामीले हाम्रो कमिटिमा रहेका साथीहरुलाई आफ्नो धैर्यता नगुमाउन सिकाएका छौँ । र हामी सबै विद्यार्थीहरुलाई पनि यसै सुझाव दिन्छौ । यदि अराजक गतिविधि हुन्छन भने त्यसको हामी पनि प्रतिकार गर्छाैँ ।

सिटिइभिटी प्रशासन सँग नेविसंघको समन्वय कस्तो छ ? – खासगरी प्रशासनले विद्यार्थी संगठनलाई गन्दैन । राजनीतिक पुर्वाग्राही पन हावी देखिएको छ । एकाधिकार रुपमा निर्णयहरु गरीरहेका हुन्छन् । कुनै निर्णय गर्दा विद्यार्थीको विचार लिने गर्दैनन् । आफ्नो ढँगले मात्र काम गरिरहेका छन् । यस विषयमा पटकपटक नेविसंघले माग उठाउने गरेको छ । हाम्रा कुुराहरु नसुन्ने, मागहरु प्रति बेवास्ता गर्ने क्रम नरोकिए हामी आन्दोलनमा जान्छौ । सडक तताउँछौँ ।

अब संगठनको कुरा गरौँ, नेविसंघ किन कमजोर भयो ? नेविसंघले आफ्नो सहि बाटोमा हिडेको जस्तो लाग्छ त तपाईलाई ? – नेविसंघ कमजोर बनेको कुरा सत्य हो । तर आफ्नो बाटो बिर्सिएको भने छैन । हामी हाम्रै मुद्धामा छौ। विशेष गरी नेपाली काँग्रेसको सभापतिमा शेर बहादुर देउवा आएसँगै नेविसंघ कमजोर बन्न पुगेको हो । तरुण दल पनि उस्तै धराशायी बनाइएकोे छ । धेरै क्याम्पसहरुम नेविसंघको संगठन बिस्तार हुन सकेको छैन । जुन निकै दुखद विषय हो । हाम्रो संगठनमा पार्टीले अनावश्यक हस्तक्षेप गर्दा संगठन दरिलो हुन नसकेको हो । यसमा पार्टीले ध्यान दिनुपर्छ । यता सिटिइभिटीका कलेजहरुमा हामीले संगठन बिस्तार गरिरहेका छौँ, केही कलेजमा बिस्तार हुने क्रममा छन् । यो महामारीले समस्या भयो अहिलेको समय । हामी विद्यार्थीलाई जबरजस्ती गर्दैनौ । उनीहरुको इच्छाअनुसार नै संगठन विस्तार गर्ने होे । र हाम्रो संगठनमा विद्यार्थीको लर्काे लागिरहेको छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ? – देशको हरेक परिवर्तनमा नेविसंघले मूख्य भूमिका निभाइरहेको छ । त्यसकारण पनि हामी आगामी दिनमा पनि देशलाई चाहिने मुद्धाहरुमा लडिरहन्छौ । अहिले नेविसंघ जुट्ने बेला आएको छ । देश मात्र नभएर हाम्रो संगठनलाई दरिलो बनाउन अब नेविसंघ नै दरिलो हुनुपर्छ । त्यसकारण नेतृत्वलाई पनि त्यस तर्फ ध्यान दिन अनुरोध गर्दछु । अनि पार्टीको महाधिवेशन पनि नजिकिदै छ । त्यसकारण महाधिवेशनले राम्रो नेतृत्व चयन गरोस भन्ने चाहना छ । अहिलेको जस्तो नेतृत्वले पार्टी चल्दैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु