अक्टोबर १३ मा एप्पलको आइफोन १२, चौबिसै घण्टा चल्दैछ कारखानामा काम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

एजेन्सी । एप्पलले यसै सेप्टेम्बर महिनामा बहु प्रतिक्षित स्मार्टफोन आइफोन १२ सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो। तर भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको सेप्टेम्बरको प्रोडक्ट लन्च कार्यक्रममा आइफोन १२ को कुनै जानकारी दिइएन। यतिबेला भने आइफोन १२ उत्पादनका लागि चिनियाँ कारखानाहरुमा तीव्र गतिमा काम भइरहेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साउथ चाइना मर्निङ पोस्टका अनुसार हाल ताइवानको बहुराष्ट्रिय प्रविधि कम्पनी फक्सकनको चीनस्थित कारखानामा २४ घण्टा नै आइफोना १२ को उत्पादन भइरहेको छ। समाचारअनुसार आइफोनको कारखानामा मजदुरहरुलाई विदा पनि दिइएको छैन र अनिवार्य रुपमा अतिरिक्त समयमा काम गराइएको छ । उच्चतम क्षमतामा आइफोन १२ उत्पादनका लागि मजदुरहरु दिनरात काममा खटिरहेका छन् । फक्सकन कम्पनीले मजदुरहरुलाई देशव्यापी विदाको दिनहरुमा समेत विदा नदिई काममा लगाएको छ । कामको उच्च चाप र तनावका बीच पनि आइफोन १२ निर्माता कारखानामा कार्यरत कामदारहरुले त्यसलाई अधिकतम रकम आर्जन गर्ने मौकाको रुपमा लिइरहेका छन् । कम्पनीले हालको समयमा मेहनतपूर्वक काम गर्ने कामदारहरुलाई बोनस, भत्ता तथा अन्य विभिन्न खाले नगद प्रोत्साहन उपलब्ध गराइरहेको छ । मानिसहरु राष्ट्रिय विदाहरुमा पनि झन् काम गर्न हौसिने गरेका छन् । किनकी चिनियाँ श्रम कानून अनुसार मध्य हेमन्त पर्वको विदाको पहिलो तीन दिन काम गर्नेलाई तलबको तेब्बर भुक्तानी गर्नुपर्ने हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसरी कामदारहरुले पहिलेभन्दा बढी तलब पनि पाइरहेका छन्। एप्पलले चाँडै आइफोना १२ का चारवटा मोडलहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यी फोनहरुमा फाइभ–जी चल्नेछन्। सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक नगरेको एप्पलले आगामी अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने समाचारहरु सार्वजनिक भएका छन् । एप्पल इनसाइडरको एक रिपोर्ट अनुसार आइफोन १२ को प्रिअर्डर चाहिँ १६ अक्टोबरदेखि सुरु हुनेछ । नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्ने बताइएको छ । यो वर्ष आइफोन १२ मा इयरपड र चार्जर नआउने हल्ला छ। एप्पलले केही समयअघि एप्पल वाच बक्सबाट पावर एडप्टर अर्थात् चार्जरको टाउको हट्ने बताएको थियो। यसअनुसार आइफोन १२ मा चार्जर र इयरपोड नआउने अनुमान गरिएको हो। बुधबार एप्पलले आइओएस १४.२ को दोस्रो बेटा निकालेसँगै बजारमा यस्ता हल्ला फैलिएको हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु