रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, २० हजार रित्तो हात फर्के 

आइपिओ वितरण कार्यक्रम, तस्वीर शेयरसंसार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 85
  •  
  •  
  •  
  •  
    85
    Shares

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ देखी निष्काशन गरेको आईपीओ शुक्रवार बाँडफाँड भएको छ। बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको सो आईपीओमा २० हजार ५०९ जनाले हिस्सा नपाउने भएकका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

५ लाख ८९ हजार ४६४ जनाबाट आवेदन भरिएकोमा एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।
कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाएका हुन् । बाँकी २० हजार ५०९ जनाले भने शेयर पाउन सकेनन् । इन्स्योरेन्सको आईपीओ भन्दा ४.०४ गूणा बढी आवेदन परेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु