समाज लघुवित्त र लिवर्टी हाइड्रोपावरले आइपिओ आज बाँडफाँड गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था र लिवर्टी हाइड्रेपावरले आज आइपियो बाँडफाँड गर्दे छन् । समाज लघुत्तिको साधारण सेयर (आईपीओ) आज सोमबार दिउँसो २ बजे बाँडफाँट हुने भएको छ । संस्थाले निश्कासन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो । यस अघि शनिवार बाँडफाँड गर्ने तयारी गरिएको थियो । शुक्रवार रिलायन्स लाइफले शेयर बाँडेको कारण ओभरल्यापिङ्ग ट्राफिक हुने सम्भावनाले आज गर्न लागिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्ससँगै समाजले पनि आईपीओ निश्कासन गरेको थियो ।समाजको आईपीओका लागि ५ लाख ४७ हजार तीन सय ७० जनाले आवेदन दिएका थिए । उक्त आवेदन निष्काशन गरिएकोमा १४८ भन्दा बढी प्रतिशत हो । यी आवेदकमध्ये ८ हजार ७० जनाले १० कित्ताको दरले साधारण सेयर पाउने भएका छन् । बाँकी करिब ५ लाख ३९ हजारको भने हात रित्तै हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

संस्थाले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निश्कासन गरेको थियो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निश्कासनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो । बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
यस्तै लिवर्टी इनर्जीको आइपिओ दिउँसो १२ बजे बाँडिने छ । ७१ लाख ६८ हजार १ सय १० कित्ताको निम्ती १ लाख ८५ हजार ९ सय ७५ आवेदन परेको थियो । तर कम्पनीले भने ३५ लाख ६४ हजार ९ सय ३० युनिट मात्र शेयर निष्कासन गरेको थियो । जसमा १३ लाख १४ हजार ९ सय ३० कित्ता चाहि खरिद भएको छैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु