साढे १७ अर्बको आइपिओ निष्कासन हुँदै, हेर्नुहोस कुनकुन कम्पनीले गर्दैछन घोषणा ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

१६ कार्तिक, काठमाडौँ । पालै पालो गरेर २४ कम्पनीको साढे १७ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आइपिओ) हुने भएको छ । आइपिओ निष्कासनका लागि २४ कम्पनीले मध्ये १५ कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिइसकेकाले स्वीकृतको पखाईमा छन् भने बाँकी ९ कम्पनीले पनि आइपिओ निष्कासनका लागि निवेदन दिने तयारीमा रहेका छन् । प्रभु लाइफ इन्स्योरेन्स समेत १५ कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् भने अहिलेसम्मकै सवैभन्दा ठूलो आइपिओ निष्कासन गर्न लागेको इन्फास्टक्चर डेभलपमेन्ट बैंक र अन्य ८ जीवन बीमा कम्पनीले पनि निवेदन दिने तयारी गर्दैछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बोर्डले आइपिओ निष्कासनका लागि निवेदन दिएकाहरुलाई पालै पालो स्वीकृत दिने भएको छ । पाइपलाइनमा बसेका कम्पनीलाई क्रमशः स्वीकृत दिँदै जाने तयारीमा रहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । बोर्डमा निवेदन दिएका १५ कम्पनीले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको शेयर निष्कासनका गर्दै छन् । साथै, ८ बीमा कम्पनीले करिव ५ अर्ब ५ करोड रुपैयाँको शेयर बिक्री गर्ने तयारीमा रहेका छन् । त्यसैगरी, इन्फास्टक्चर डेभलपमेन्ट बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । ती सबै कम्पनीको करिव साढे १७ अर्बको आइपिओ आउँदै छ । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बोर्डमा आइपिओ निष्कासनका लागि निवेदन दिएका मध्ये धेरैजसो जलविद्युतका छन् । हाल शेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । शेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् । शेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर शेयर निष्कासन गर्ने उल्लेखित तीन कम्पनीमध्ये आ आफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन् । यसअघि ती क्षेत्रका कम्पनीले शेयर निष्कासन गरेका छैनन् ।

यसैगरी, रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमइ लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपिओ निष्कासन गर्ने तयारी गरिरहेका छन् । (मेरोलगानीबाट)

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु