सानिमाको आइपीओ भोली बाँडिने, कति फर्कदैछन खाली हात ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक साधारण सेयर (आईपीओ) असोज ३० शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटले यस कम्पनीको आईपीओ प्रिअलोटमेन्ट बुधबार गरिसकेको छ । पूर्ण बाँडफाँड भने धितोपत्र बोर्डबाट अनुमति पाए शुक्रबार बिहान ८ बजेका लागि तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता साधारण सेयरमध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले असोज २१ देखि २५ सम्म सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि आवेदन खुलाएको थियो । त्यसमा आठ लाख ८३ हजार ६२३ जनाबाट एक करोड ९० लाख १२ हजार ३४० कित्ताका लागि आवेदन परेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसको जारी पुँजी एक अर्ब रहेको छ । सर्वसाधारणलाई जारी गरेको सेयर बिक्री पछि यसको पुँजी एक अर्ब पुग्ने भएको छ । गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २.६६ र प्रतिसेयर नेटवर्थ १०६.३९ रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु