इतिहासमा जापान रोएको त्यो दिन : परमाणु हमलामा बाँचेका महिलाको कहानी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाण्डौ – ७५ साल अगाडी आजकै दिन अर्थात ६ अगष्ट र ९ अगष्टकोे दिन जापानको हिरोशिमा र नागासाकी शहरमा अमेरीकाले परमाणु बमले हमला गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त हमलामा परि हिरोसिमामा रहेका ३ लाख ५० हजार नागरीक मध्ये करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो भने नागासाकीमा ७४ हजार मानिसले जीवन गुमाएको बताइन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त बमबारी पछि एशियामा दोस्रो विश्वयुद्ध एकाएक समाप्त भएको थियो । जापानले १४ अगष्ट १९४५ मा आत्मसमर्पण गरेको थियो । तर आलोचकहरुका अनुसार जापानले घटना हुनु पुर्व नै आत्मसमर्पण गर्ने सोचीरहेको थियो ।

उक्त बमबारीमा जीवित हुन सफल हिबाकुशाले भन्छिन कि मर्ने हरु त मरिहाले, बाँचेकाहरुले पनि परमाणु बम हमाला पछि निस्कीएका रेडियशन र मनौवैज्ञानिक असरसँग जुधेर बस्न बाध्य हुनुपर्याे ।
ब्रिटेनका बिबिसीका फोटो पत्रकार ली केरेन स्टोले उक्त बमबारीबाट बाँचेका केही महिलाको फोटो लिएका छन् । तीनीहरु सँग केही करा गरेका छन् ।

तेरुको उएनोे
तेरु उक्त समयमा १५ बर्षकी मात्र थिइन् । ६ अगष्टमा जब हिरोशिमामा परमाणु बम हमला भयो, त्यो समय उनी भाग्यले बाँचिन ।

बमबारीको समयमा तेरुको हिरोशिमाको रेडक्रस अस्पतामा नसिंँग अध्ययन गर्दै थिइन् । बमबारीमा उक्त अस्पताल पनि क्षतबिक्षत भयो । उनका केही साथीहरु जलेर मृत्युबरण पनि गर्नुपर्याे । हमला पछि उनले दिन रात घाउ र रगतले लतपतिएका मानिसहरुलाइ सेवा सेवा गर्नमै ब्यस्त रहिन । त्यो समय उनलाइ खानको निम्ती केही चिज पनि उनका सामु थिएन । भोकै काम गर्नुपरेको थियो ।

स्नातक अध्ययन सकेपछि पनि उनी सोही अस्पतालमा काम गरिरहीन, त्यहा उनले स्क्रिन ग्राफ्टको अपरेशनमा सहयोग गरिन ।
शरीर जलिसकेपछि उत्पन्न हुने क्लोइड भएको ठाँउमा उक्त स्किन ग्राफ्ट गरिन्छ ।
त्यसपछि उनको विवाह उक्त हमलामा बच्न सफल भएका तत्सुयुकी सँग भयो ।


जब तेरुको गर्भवती भइन, त्यसपछि उनलाइ चिन्ता हुन थाल्यो कि उनका बच्चा जीवित रहन्छन कि रहन्नन भनेर । तर उनको छोरी जन्मियो, र उसको स्वास्थ्य पनि राम्रै थियो ।

तेरुको भन्छिन्  “मलाइ नरकको बारेमा थाहा छैन, तर जुन अवस्थाबाट हामी गुज्रियौँ, शायद त्यही नरक हो , यस खालको नियती अब कही कतै कसैले भोग्न नपरोस ।”

परमाणु हतियारको बन्द गर्नको निम्ती अब नेतृत्वले ध्यान दिनुपर्ने उनले बताइन् ।

एमिको ओकाडा
एमिको उक्त समयमा जम्मा ८ बर्षकी थिइन् । उक्त बमबारीमा परि उनकी ठुली दिदी र अनय ४ आफन्तहरुको पनि मृत्यु भयो ।

एमिकोले सुनाउछिन  : “मेहरी दिदी उक्त समय फेरी आउँछु भन्दै घरबाट निस्केकी थिइ, जो केवल १२ बर्षकी थिइ, तर उ कहिल्यै फर्केर आइन, थाहा छैन उसको साथ के भयो होला ।”
“मेरो परिवारको पुरै शक्ति लगाएर दिदीलाइ खोज्ने प्रयास पनि गरेको हो । तर कहिँ कतै भेटिइनन् । “उनले सुनाइन ।

उनले सुनाउछिन, “कहि कतै मेरी दिदी अझै पनि जीवित नै छिन कि ।, त्यो बेला मेरी आमा गर्भवती हुनुहुन्थ्यो, तर त्यस बेला हामी सामु खाने चिज केही पनि थिएन, रडियोशन यानकी विकिरणको बारेमा हामीलाइ केही पनि थाहा थिएन, त्यसैले हामीले जे देख्यौ, जे भेट्यौ त्यही उठाउन थाल्यौ ।”

उनले भन्छिन ” त्यो समयमा खानाको जुवाड गर्नु नै सबैभन्दा ठुलो समस्या थियो । मान्छेहरुले चोरी गर्न शुरु गरेका थिए । पानी माात्र पिएर दिन काट्न परेको थियो ।”
“त्यस पछि मेरो कपाल झर्न थाल्यो,” उनले भनिन, “थकान महसुश हुने गर्थ्यो, जतिबेला पनि सुतीरहन पर्थ्यो । “


१२ बर्ष भएपछि उनलाइ एप्लान्टिक एनीमिया भन्ने रोग देखा पर्याे । उनी भन्छिन :  “हरेक बर्ष केही समय यस्तो समय पनि आउने रहेछ कि, सुर्य ढल्कन लाग्दै गर्दा हाम्रा सुख पनि ढल्कदै जाने रहेछन्, त्यो बेला मलाइ त्यही परमाणु बम हमलाकै सम्झना आइरहन्छ ।”


उनले भनिन : “तीन दिन तीन रात सम्म शहर जलिरहेको थियो, मलाइ सुर्य ढल्कन लागेको मन पर्देन किनकी सुर्य अस्ताउन लागेको देख्दा मलाइ शहर जलेको याद आउँछन ।”

रीको
जब उक्त बमबारीको चेतावनी आएको थियो , त्यो समय रीको घर मै बसेकी थिइन् । समय ठिकै लागेको कारण उनी छिमेकमा रहेको मन्दिरमा गइन् । उक्त समयमा जतिबेला पनि हवाइ हमलाका समाचारहरु आइरहन्थे, त्यसले बच्चाबच्चीहरु स्कुल नगएर मन्दिरमा जाने गर्दथे । त्यही शिक्षकले पढाउने गर्थे ।

४० मिनेट पछि शिक्षकले कक्षा बन्द गरे अनि रीको घर फिर्ता भइन् ।
रीको भन्छिन : ” मैले घर भित्र खुट्टा मात्र राख्न आँटेकी थिएँ, त्यही बेला अचानक मेरा आँखामा चर्काे प्रकाश आउन थाल्योे । पहेलो रँगको किरण आइरहेको थियो । मैले केही बुझ्न सकिन् । ”
“तर त्यसपछि सबै कुरा थाहा भयो । केही समयमै धमाका भयो । मेरा आँखाको अघि अधेरो भयो ।”

उनले भन्छिन : “मलाइ एयर रेड शेल्टरको बारेमा थाहा थियो । जब मलाइ होश आयो तब मैले आमालाइ खोज्न थाले, त्यो बेला म एयर रेड शेल्टरमा थिएँ । ”
“मलाइ केही चोट पुगेन । म पहाड भएको कारण बाँच्न सफल भएँ , त पहाडको अर्काे तर्फका मानिसहरु म जत्ति भाग्यशाली थिएनन् । त्यहा भिषण तवाही मच्चिरहेको थियो ।, मलाइ मेरी आमाले केही मानिसहरु भएको भिडमा पुर्याउनु भयो । “

उनले भन्छिन :  “केही मान्छेले पानी माग्दै थिए, मलाइ पानी दिन भन्दै थिए, मैले कटौरा उठाँए, अनि नजिकैको नदीमा गएर पानी लिएर दिएँ । तर पानी एक घुट्की पिएसँगै उनीहरु मरे । एक एक गरी मान्छै मर्दै गए । गर्मीको समय थियो । किरा र दुर्घन्धको डर मानेर सबैको तुरुन्तै अन्तिम संस्कार गर्नुपर्याे ।”

बिबिसी हिन्दीबाट अनुवादित
अनुवादक : अनिश शर्मा गैरे

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु