निर्मला पन्तको न्याय माग्दै युवाहरुको दवाव अभियान : सामाजिक सञ्जालमा कमेन्टको बर्षा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

अनिश शर्मा गैरे, काठमाण्डौ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

२ बर्ष अगाडी कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा संलग्न दोषीहरुलाइ सजायको माग गर्दै सामाजिक सञ्जाल बाटै युवाहरुले दवाव अभियान शुरु गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

निर्मला पन्त मात्र नभएर देश तथा विदेशमा रहेका नेपाली चेलीहरुको अवस्था निर्मलाको जस्तै हुन नपरोस भन्ने उद्धेश्य सहित सामाजिक सञ्जालमा हाल युवा जमातहरु जस्टिश फर निर्मला पन्त ह्यासट्याग शुरु गरेका छन् ।

हरेक फेसबुक तथा टिव्टर स्टाटसहरुमा उनीहरुले यही ट्याग पोष्ट गर्ने गरेका छन् ।

यस अघि सामाजिक सञ्जालमा विनोद नाम र यही नामको ह्यासट्याग भाइरल भएको थियो ।

नेपालका प्रधानमन्त्री देखी शीर्ष तहका नेताहरुका तस्वीर तथा फेसबुक पोष्टहरुमा निर्मता पन्तको तस्वीर सहितको ब्यानर फोटो सहितको कमेन्टको बर्षा नै भइरहेको छ ।

त्यति मात्र नभएर ट्विटर तथा टिकटकमा पनि यो अभियान चलिरहेको छ ।


प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका शीर्ष तहका नेताका तस्बिरहरूमा पनि कमेन्टको आइरो लागेको छ ।

त्यसैगरी मिडियाले राखेका समाचारहरुमा पनि यस प्रकारका कमेन्टहरु आइरहेका छन् ।
यो अभियान कसले चलाएको हो भन्ने अझै थाहा भएको छैन । तर देशका हजारौ युवा युवती यस अभियानमा संलग्न छन् । उनीहरुको अभियान हो, – निर्मलाले न्याय पाउनु र निर्मलाको जस्तो नियति अरु कसैले पनि भोग्न नपरोस भन्नु ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरीरबालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु