नेपाली काँग्रेसमा यतिबेला महाधिवेशनको पिरलो छ । जसको कारण नेताहरु आफ्नो पोल्टामा मतदाता पार्न कसरत छन् । त्यसैमाथि उम्मेद्वारहरुको आकांक्षा पनि बढ्दो छ । जसको कारण गुट र तिनै भित्र अर्का उपकुट पनि मौलाउने क्रम बढ्दो छ । तर यही विचमा फाल्गुण ७ गतेबाट काँग्रेसको महाधिवेशन हुन्छ कि हुँदैन भन्ने चासो अर्काेतर्फ छ । एक विषय त नेताहरुको आफ्नै मर्जीको कारण महाविधेशन फाल्गुणमा गर्ने गरी तयारी पुग्न सकेको छैन, त्यसैमाथि कोरोना महामारीले पनि प्रभाव जमाउने देखिएको छ । जसको कारण महाधिवेशन अन्यौलमा परेको छ । यिनै समसामयिक विषयमा नेपाली काँग्रेसका केन्द्रिय नेता तथा नेपाल विद्यार्थी संघका पूर्व सभापति तथा यस अघि काँग्रेसको केन्द्रिय आमन्त्रित भइसकेका नेता कल्याण कुमार गुरुङ सँग सिम्रिक खबरका पत्रकार अनिश शर्मा गैरेले लिएको अन्तरवार्ताका केही अंश यहाँ प्रस्तुत गर्दैछौँ ।
![पार्टीमा युवालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरौँ : काँग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ्ग [अन्तरवार्ता] Slide](http://simrikkhabar.com/wp-content/plugins/revslider/public/assets/assets/transparent.png)

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेपाली काँग्रेसको महाधिवेशन यही फाल्गुणमा होला?
![पार्टीमा युवालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरौँ : काँग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ्ग [अन्तरवार्ता] Slide](http://simrikkhabar.com/wp-content/plugins/revslider/public/assets/assets/transparent.png)


JUNGLE
![पार्टीमा युवालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरौँ : काँग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ्ग [अन्तरवार्ता] Slide](http://simrikkhabar.com/wp-content/plugins/revslider/public/assets/assets/transparent.png)





from the
city
![पार्टीमा युवालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरौँ : काँग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ्ग [अन्तरवार्ता] Slide](http://simrikkhabar.com/wp-content/plugins/revslider/public/assets/assets/transparent.png)


फाल्गुण महिनाको लागि डेट तोकएको छ । ७ देखी १० सम्म केन्द्रिय अधिवेशन गर्ने तालिका बनाइएको छ। जसकोे म्याद २२ गतेसम्म छ । १५ दिनपछि सारेर २२ दिनपछि तालिका राख्ने हो भने र माग महिना भित्रमा वडा तहले देखी जिल्ला तहका सबै अधिवेशन सक्नुपर्दछ । यदि त्यसो भएन भने नेपालको संविधानले पनि ६ महिना म्याद थप्न सक्ने प्रावधान दिएको छ । यो प्रावधान अनुसार महाधिवेशन भदौमा पुग्छ । तर भदौ सम् पुर्याउनु हुँदैेन । अधिवेशन जसरी पनि जेठ भित्रै सक्नु पर्छ । जेठमा गर्ने हो भने हामीले वैशाख महिना भित्र वडा तहदेखी जिल्ला तह सम्मका सवै समितिहरुमा नया गठनको काम सकिसक्नुपर्ने हुन्छ । यसै खालको तयारीले फाल्गुणमा तोकिएको मितिमा गर्न सम्भव हुँदैन । यदि कोरोनाको संक्रमण यसै गरेर बढीरह्यो भने जेठ महिना सम्म सार्न सकिन्छ । त्यो भन्दा माथि सार्नु हुँदैन् ।
अब नेतृत्व कस्तो खालको आउने हो ? युवाहरुले चान्स नपाउने नै हुन कि के छ ?
यो सबै महाधिवेशन प्रतिनिधिको हातको कुरा हो । मैले भनेर हुँदैन् । उहाँहरुले जसलाई जिताउनु हुन्छ, उहाँ नै नेतृत्वमा आउने हो । त्यसमाथि हाम्रो पार्टीको केन्द्रिय समितिमा कोही पनि युवा नेता छैनौ । नेपालको युवा नितीले १६ देखी ४० बर्ष उमेर समुहकोलाई युवा मानेको छ । संयुक्त राष्ट्र संघले त झन १४ देखी २४ बर्ष भित्रका ब्यक्तिलाई युवा मानेको छ । यसरी हेर्ने हो भने कोहीपनि केन्द्रिय सदस्य युवा समुहमा पर्दैनन् । हामी यहाँ पहिलो पुस्ता, दोस्रो पुस्ता र नया पुस्ता भनेर वर्गीकरण गरौँ । ७० नाघेको पुस्ताका ८ जना हुनुहुन्छ । ६० देखी ७० को उमेरमा १० जनाजति सभापति पदका दावेदार हुनुहुन्छ । बाँकी नया पुस्ता अन्तर्गतका पर्दछौँ । यसमा सबैले आफ्ना आफ्ना एजेन्डाहरु लिएर जानुहुन्छ । जसका एजेन्डाहरु मन पराउँछन प्रतिनिधिहरुले, तिनैलाई नै जिताउँछन् । निर्वाचन फ्रेन्ड्ली हुने हो ।
तपाई पनि सभापतिको दावेदार हो ?
हो । म नया पुस्ता भित्र पर्छु । त्यसैले आउने महाधिवेशनमा पनि आफ्ना एजेन्डाहरु लिएर म सभापतिको दावेदारी गरिरहेको छ । नया पुस्ताकै कुरा गर्ने हो भने सभापतिपदको दावेदार गरिरहेको छु । मैले राजनीतिक वैचारिक र सामाजिक मुद्धाहरु लिएर गर्ने गरेको छु । र मेरो सभापति पदमा दावेदारी तिनै राजनीतिक वैचारिक र सामाजिक मुद्धाहरुका आधारमा नै हो । मैले मेरा मेरा कुराहरु महाधिवेशन प्रतितिनिधहरु सामु प्रस्तुत गर्न देशभर जान्छु । र त्यसैअनुसार तयारी पनि गरिरहेको छु ।
तर अहिले बनेका गुटहरु ब्यक्ति र नेता जता जान्छन त्यसैअनुसार बन्ने गरेका छन्, मुद्धा तथा विचारका भन्दा पनि पद लोलुपताका देखिन्छन्, एजेन्डाहरु भन्दा पनि ब्यक्तिको झुण्ड हुने क्रम बढेको छ, किन ?
त्यस्तो होइन । गुट तथा उम्मेद्वारीले पार्टी कमजोर हुँदैन् । लोकतन्त्रको सवल पक्ष नै जति धेरै गुट वा उम्मेद्वार हुन्छ त्यति नै राम्रो हुन्छ । यसले गर्दा उम्मेद्वारी दिनेहरुको पनि इज्जत बढ्छ । धेरै भन्दा धेरै ब्यक्तिहरु छनौट हुने सम्भावना रहन्छ । उहाँहरुले आफ्ना एजेन्डाहरु देशभर पुर्याउनुहुन्छ । जसले जुन पदमा उम्मेद्वारी दिनुहुन्छ उहाँहरु आफ्ना मुद्धाहरुकै कारण जित्ने हो । तर बार्गेनिङ्गको लागि उम्मेदावारी हुनुहुन्न । पदलोलुपताले राम्रो गर्दैन् । ब्यक्तिले एजेन्डाहरु सहित उम्मेद्वारी दिन सक्ने आँट र क्षमता राख्नुपर्छ ।
काँग्रेस लोकतान्त्रिक पार्टी । तर आन्तरिक द्वन्द्व को कारण काँग्रेसले आफ्नै लोकतन्त्र जोगाउन सकेको छैन् । हाल काँग्रेस भित्रको झैझगडा र कमजोरीका कारण काँग्रेसका कार्यकर्ताले आफुलाई कार्यकता नै हुँ भन्न नै लाज मान्नु पर्ने स्थिती देखिन्छ । तपाइलाइ यो कुराले पोल्दैन ?
मलाइ त्यस्तो लाग्दैन । हाम्रो पार्टी लोकतान्त्रिक पद्धती मार्फत अघि बढेको पार्टी हो । हामीले बोकेका राजनीतिक एजेन्डा र विचारहरुले नै अहिले देशले यो उपलब्धि हाँसिल गरेको हो । हाम्रै मुद्धा अनुसार संविधान बन्यो । यसलाई जोगाउने र कार्यन्वयन गर्ने दायित्व पनि काँग्रेसको काँधमा छ । संविधान कार्यान्वयन पनि निरन्तर गर्ने कुरा हो । गतिशिल प्रक्रिया हो । काँग्रेस सँग सुनौलो इतिहास र सुनौलो भविष्य छ । केवल बर्तमानको समयमा केही असन्तुष्टिहरु छन् । यि समस्याहरुलाई राजनीतिक व्यवस्थापन गरेर जनताका मुद्धाहरु स्थापित गर्न पर्छ । ती मुद्धाहरुको निम्ती संघर्ष गर्न पर्दछ । यही संघर्षले असन्तुष्टि घटदै जान्छन् । मुख्य दायित्व भनेको काँग्रेसले जनताका मुद्धाहरु स्थापित गर्दै देशलाइ सहि दिशामा लैजानु हो । जनताले धेरै अपेक्षा राखेका छन् । उनीहरुका मुद्धाहरु स्थापित गर्न हामीले सक्नुपर्छ । हाम्रो मुख्य दायित्व के होे भने हालको संविधानको कार्यान्वयन नै हो । हाम्रो जुन सुनौलो इतिहास छ, त्यही अनुसारको सुनौलो भविष्य पनि काँग्रेसले नैे बनाउँछ ।
सुनौलो इतिहास र सुनौलो भविष्य छ कसरी ? आफ्नै समस्याको समाधान गर्न नसक्ने पार्टीले देशको सुनौलो भविष्य कसरी ल्याउँछ ?
मुलत हामीले बोकेको राजनीतिक एजेन्डाहरुले ल्याउने हो सुनौलो भविष्य । जुन लोकतान्त्रिक प्रणालीबाट नै सम्भव हुन्छ । अहिले देशमा हिजोभन्दा बढी राजनीतिक चेतना बढेको छ । हिजो भन्दा बढी शिक्षाको स्तर बढेको छ । जनताहरु, युवाहरु बढी चेतनशील हुनुभएको छ । हरेक विषयमा प्रश्न र जिज्ञासा राख्नुहुन्छ । प्रश्न मात्रै होइन विरोध र आलोचना गर्नुहुन्छ । विरोध र आलोचना मात्र पनि होइन विकल्पहरु पनि दिनुहुन्छ । उपायहरु पनि दिनुहुन्छ । जसले गर्दा अहिलेको काँग्रेसको पुस्ता बढी प्रगतिशिल भएको छ । त्यसकारण अब काँग्रस अझै बढी संघर्षशील, अध्ययनशील, हुन जरुरी छ। चेतनशील समाजको गुणस्तर जसरी बढीरहेको छ, त्यसैअनुसार हाम्रोे उज्यालो पक्ष पनि अगाडी बढीरहेको छ। भविष्य सुनौलो छ । यसको लागि काँग्रेसले अझ बढी संघर्ष गर्नुपर्छ । यो चुनौतिलाई स्विकार गरेर अघि बढ्नु पर्छ ।
जहाँनिया राणा शासन हटाएको र देशमा निरंकुशतन्त्र हटाउनको निम्ती कठिन यात्रा गरेको काँग्रेस किन यसरी इतिहासकै कमजोर बन्नपुग्यो ? यसरी खोक्रो हुनुमाको दोषी को त त्यसोभए ?
हैन यसमा दोष भन्दा पनि कार्यपद्धतीको कमजोरी हो । हाम्रो मानसिकताको कमजोरी हो । हामी लोकतान्त्रिक प्रवृतिबाट अघि बढ्नु पथ्र्याे । तर हामीभित्र सत्ताउन्मुख प्रवृति हावी भयो । सिद्धान्तनिष्ठ कार्यकर्ताहरु पाखा लाग्दै गए । लोकतन्त्तको निम्ती कठिन संघर्ष गरेका, जेलनेल भोगेका मान्छे पाखालाग्दै गर्दा असन्तुष्टि बढ्यो । संघर्षकोे दौरानामा धेरै कुरा गुमाउनुभएको नेताहरु पखा लाग्दा असन्तुष्टि बढ्यो । तर यसको ब्यबस्थापन हुन सकेन । यसले पार्टी जनमतमा कमजोर भयो । तर अब यसलाइ भरोषाकोे केन्द्र बनाउनु पर्छ । अब महाधिवेशन बाट आउने नेतृत्वले भरोषाको अभियान शुरु गर्नुपर्छ । अबको नेृतत्व गतिशिल, अध्ययनशिल र संघर्षशिल बन्नु पर्छ । त्यसपछि हेर्नुहोला अर्काे चुनावमा फेरी हामी पहिलोे पार्टी हुन्छौ ।
यदि तपाई सभापतिमा विजयी भएमा तपाईकोे अभियान कसरी शुरु हुन्छ ?
मुलत दुइटा मुद्धालाइ लिनु पर्छ । एउटा जताको मुद्धा स्थापितगर्न अहिंसात्मक संघर्षको बाटो लिनुपर्छ । यसमा हाम्रा मुद्धाहरु लिएर जानुपर्छ । जनता सचेत बनाउने आन्दोलनको कार्यक्रम शुरु गर्नुपर्छ ।
दोस्रो विधानमै संशोधन गरेर सुपर डेलिगेटको कन्सेप्ट लिएर पहिलो, दोस्रो, नया र युवा पुस्ता समेट्नी गरी विधान बनाउनु पर्छ । युवाहरुलाइ ३३ प्रतिशत आरक्षण दिनुपर्छ । यसले हरेक ५ बर्षमा युवाहरु पार्टीमा आउन सक्नछन । हरेक ५ बर्षमा युवाहरु आउँदा पार्टी गतिशिल हुन्छ । उनीहरु सँगै नया सोँच पनि आउँछ । नया क्रियाशिलता नया गतिशिलिता आउँछ । जसले पार्टी भरोषाको केन्द्र बन्छ । त्यसले पार्टीलाइ पहिलो, दोस्रो, नया पुस्ता सबैको भरोषाको केन्द्र बनाउँछ । त्यसपछि अहिंसात्मक आन्दोलन गरेको खण्डमा देशको सुनौलो भविष्य स्थापना हुन्छ ।
अहिले पनि विधान विपरीत विभिन्न किसीमका राजनीतिक नियुक्ती गर्ने, आफ्नै पोल्टामा क्रियाशिल सदस्यता भर्ने ठेकेदारी पन चलिरहेको छ, यो प्रवृति कहिले सकिन्छ ?
काँग्रेसका विधानमा वडा कार्य समिति बाटै क्रियाशिल सदस्ता वितरणको व्यवस्था गरिएको छ । नविकरण गर्ने र नया सदस्यता दिने काम वडा तहबाटै छिनोफानो र निर्णय भएर आउनुपर्छ । यो वैधानिक परम्परा हो । त्यसैमार्फत क्रियाशिलताको छिनोफानो हुन्छ । त्यसो भन्दाबाहिर गएर सदस्यता आउँछ भने त्यसमा पार्टीको वैधानिक व्यवस्था छ । सभावति र महामन्त्री २ जनाभएको विवाद निरुपण समिति रहने व्यवस्था छ । त्यसैले समाधान गर्छ ।
अब नेविसंघको कुरा गरौँ । तपाइले एक कार्यकाल नेविसंघको सभापति भएर पुरा गर्नुभयो । तपाईले हेर्दा अहिलेको गञ्जागोल किन यस्तो ?
म त निर्वाचनबाट आएको हो । निर्वाचनबाट नेतृत्वमा आउँदा सबैले एउटा म्यानडेट र जोश लिएर काम गर्ने बानी हुन्छ । अहिले कमिटि फुलफिल भएको अवस्था छैन । सानो कमिटिले काम गर्न सक्ने कुरा हुँदैन । पूर्ण कमिटिले काम गर्नु र आधा कमिटिले काम गर्नुमा धेरै फरक हुन्छ । त्यो बेला विद्यार्थी र विद्यार्थी नेतृत्व विचमा सम्बन्ध थियो । जसले गर्दा विद्यार्थीको कनेक्सन भन्दा नेविसंघ बाहिर जान पाइन । तर अहिले विद्यार्थी र विद्यार्थी नेतृत्वको विचमा कनेक्सनको कमी छ । विद्यार्थी मुभमेन्ट जसरी अघि बढ्नुपर्ने हो, त्यसरी गएको छैन । अहिलेको विद्यार्थीहरुले राजनीतिक मुद्धाहरुलाइ बढी मूल्य दिएका छन् । शैक्षिक मुद्धालाई कम महत्व दिएका छन् । विद्यार्थीको नेतृत्व गर्दा राजनीतिक मुद्धा कम र विद्यार्थी तथा शिक्षाका मुद्धा बढी हुनुपर्छ अहिलेको आवश्यकता राजीनितक भन्दा शैक्षिक मुद्धा विद्यार्थी नेतृत्वले लिनु हो । शैक्षिक मुद्धालाइ नै प्रमुख मुद्धाको रुपमा लिएर अहिंसात्मक आन्दोलनको बाटो लिएमा अहिलेको नेविसंघ पनि ठिक हुन्छ ।
अहिंसात्मक आन्दोलन मात्रै हो ? अब अरु बाटो छैन?
यो मात्र भनेको पनि होइन । अहिंसात्मक आन्दोलन एउटा पाटो हो । यसमा अनशन हुन सक्छ । शान्तिपूर्ण प्रदर्शन हुन सक्छ । शान्तिपूर्ण धर्ना हुन सक्छ । शान्तिपूर्ण विरोधका कार्यक्रम गर्दै राजनीतिक र सामाजिक चेतना जगाउने काम हगर्नुपर्छ यस आन्दोलन मार्फत । विद्यार्थीले भने शैक्षिक मुद्धा लिनुपर्छ । शान्तिपुर्ण र अहिंसात्मक आन्दोलन मार्फत जनताको कुरा लिनुपर्छ । हामीले यस मार्फत सदनमा, राष्ट्रिय सभामा, सडकमा यी कुराहरु उठाउनु सक्तछौ । जसले आम जनतामा राजनीतिक र सामाजिक चेतना जागृत गराउन सक्छ । जसले समाजमा गतिशिलता ल्याउँछ । काँग्रेसले गरेको कामले जनतामा विश्वास दिलाउँन सक्छ । त्यसैगरी वडा तह सम्म, मतदान केन्द्र सम्म संगठन विस्तारका कामहरु सँगै गर्नुपर्छ । त्यसले संगठनमा आकर्षण पनि बढ्न थाल्छ । जसले आउने निर्वाचनमा पार्टीलाई मुख्य पदमा जिताउन भुमिका खेल्छ ।
अब अन्त्य तर्फ छौँ, अहिलेको समयमा सरकारले गरेको कामलाई तपाईले कसरी हेरिरहनुभएको छ ?
यस्तो विकराल अवस्था देशमा छ । यो समयमा सरकारले जुन किसीमले गर्न पर्ने होे , त्यसरी गर्न सकेको छैन । जसरी राहत जनतालाई हुनुपर्ने हो त्यो भएको छैन । कोरोनाको संक्रमित बढीरहेको अनुसार क्वारेन्टाइन आइसोलेसनको व्यवस्था भएको छैन । अस्पतालमा उस्तै समस्याहरु छन् । भेन्टिलेटर आइसियुको व्यवस्था छैन । प्रशस्त परिक्षण पनि भएको छैन । सबैठाँउमा वृहत रुपमा टेस्टहरु सरकारले गर्न सकेन । महामारी र लकडाउनले गरिब दुखीहरु रुवाबासी भएको छ । उनीहरुलाई राहत दिन सकेको छैन । उद्योगी ब्यापारीहरुको ब्यापार घाटा पूर्ति गर्न आर्थिक राहत प्याकेज लिन सकेको छैन । मिडियाहरु फ्रन्टलाइनमा छन् । उनीहरुलाई चरम घाटा छ । कतिपय पत्रकारले विना तलब काम गरिरहेका छन् । पत्रकारीता भनेको राज्यको चौथो अँग हो । यो चौथो अँगलाई जोगाईराख्ने काम पनि सरकारको हो । यसलाइ जोगाउन जुन दायित्व हुनुपथ्र्याे त्यो भएको छैन । कोरोना नियन्त्रणमा सरकारले गरिरहेको कामले कोही पनि सन्तुष्ट छैनन् । जनतालाई सुख दिन यस सरकारले सक्ने रहेनछ भन्ने कुरा यहाँ बाट पनि प्रष्ट भएको छ ।
अन्तिममा के भन्न चाहानुहुन्छ ?
म एकै कुरा भन्न चाहान्छु । नेपाली काँग्रेसलाई हामी सबैले नेपालीको भरोसाको केन्द्रविन्दु बनाउनको निम्ती आफनो तर्फबाट पहल गरौ । आउने निर्वाचनमा वहुमत सहितको ठुलो पार्टी बनाएर जनताको्े सेवा गर्ने गरी सबै लाग्नुपर्छ । त्यसैगरी अहिलेको कोरोना महामारीको विषम परिस्थितीले निम्त्याएको क्षती परिपूरण गर्न हामी सबै लागौ । पार्टीको असन्तुष्टि कम गरी अघि बढ्यौ । यत्ति नै ।