अवैध काठसहित दुई जना समातिए, दुई लाख बढीका चोरीका सामान बरामद

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कैलाली ।
कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ ।

बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रु दुई लाख बढीका चोरीका सामान बरामद
प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट बेवारिसे अवस्थामा चार बोरा सुपर पावर सुर्ती अन्दाजी रु ३५ हजार मूल्य बराबरको समान बरामद गरेको छ । धनगढीकै वडा नं ७ बाट से १ ह २२८७ नम्बरको विद्युतीय रिक्सामा चार बोरा बिडी, एक बोरा सुपर पावर सूर्ती र दुई बोरा प्लाष्टिकको झोला गरी अन्दाजी रु एक लाख ४५ हजार मूल्य बराबरका समान बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

आवश्यक कानूनी कारवाहीका लागि विद्युतीय रिक्सासहित सरसामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको बताइएको छ । त्यस्तै टीकापुर नगरपालिका–७ खैरीघाटस्थित धानबारीमा चार क्विन्टल ५० किलोग्राम केराउ अन्दाजी मूल्य रु २२ हजार ५०० बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु