पर्वतमा बाढीपहिरोले १३ करोडको खानेपानी आयोजना प्रभावित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

८ साउन, पर्वत

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब रु १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुर्याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको बारीबेनी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताए । आयोजनास्थलको माथिपट्टि भूपि शेरचन राजमार्ग स्तरोन्नतिका कारण पहिरो झरिरहेको र अत्यधिक वर्षासँगै कालीगण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको बारीबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।

विसं २०७२ देखि निर्माण शुरु गरिएको आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ । आयोजनाको कूल लागत रु १२ करोड ४३ लाख ७४ हजार रहेको छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९५४ घरधुरी लाभान्वित हुनेछन् । कालीगण्डकीको पानी शुद्धीकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घरघरमा खानेपानी पुर्याउने आयोजनाको लक्ष्य छ ।

पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पुर्याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताए । जलजलाको वडा नं २, ३, ४ बारीबेनी, लामाखेत, पर्वतबगरमा ‘एक घर एक धारा खानेपानी’ पुर्यायाउने उद्देश्यले निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौँका संरचनामा क्षति पुर्याएको व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।
खानेपानी आयोजनासँगै रहेको जुगेधारा खेलमैदानमा समेत बाढीले क्षति पुर्याएको छ । प्रदेश सरकारको ‘एक गाउँपालिका एक खेलमैदान’ कार्यक्रमअन्तर्गत निर्माण भएको उक्त खेलमैदान कालीगण्डकीको कटानमा परेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु