कोरोनाले खसीबोका खरिदलाइ नछेक्ने : करिब ६ करोडका खसीबोका काठमाडौँ ल्याउने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौं । कोरोना भाइरस महामारीले हरेक क्षेत्रलाइ प्रभाव पारे सँगै अहिलेका चाडपर्वहरु पनि उल्लासमय नहुने निश्चित छ । यसविच नजिकिदै गरेको दशै पर्व पनि खल्लो हुनेमा कुनै शंका छैन । हर्षबडाइ गरी पर्व मनाउन महामारीले छेकेपनि उपत्यकामा मासुको खरिदबिक्रीलाइ भने प्रभाव नपार्ने देखिएको छ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि ६ करोड मूल्यका खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भएको छ । महामारीले बजार निकै प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले व्यवापार व्यवसाय पुर्ववत रुपमा फर्कन समय लाग्ने भएपनि दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस भन्नका लागि खरिदको प्रक्रिया अगाडि बढाएको जनाएको छ । कम्पनीका अनुसार १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने गरि ५ करोड ९९ लाख ८६ हजार बजेट छुट्टाइएको छ । १६ सय खसीबोका खरिदका लागि ३ करोड ३८ लाख र च्याङ्ग्रा खरिदका लागि २ करोड ६१ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रत्येक वर्ष दशैंका बेला कम्पनीले सुपथ मूल्यमा खसीबोका तथा च्याङ्ग्राको अभाव हुन नदिने र कोरानाले प्रभावित भए पनि खपत कम नहुने कम्पनीको अनुमान छ । गत वर्ष पनि सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका खरिद गरिएको थियो जसको लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ खर्च गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस बर्ष पनि खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न तयारी गरिएको कम्पनीका नायव प्रवन्ध निर्देशक श्रीमणी खनालले बताए । लामो समयदेखि खाद्य कम्पनीले उपभोक्तालाई खाद्यान्नका साथै दशैंमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा समेत उपलब्ध गराउँदै आएको छ । यस पटक पनि सोही कार्यक्रमलाई निरन्तरता दिन लागिएको नायव प्रवन्ध निर्देशक खनालको भनाइ छ । यसको लागि खरिद तथा संकलन प्रक्रिया दशैको १५ दिन अघिदेखि नै हुने भएको छ । यसबर्ष दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका ठाँउबाट खसी–बोका तथा च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने भएको छ । लकडाउनको कारण बजारमा हरेक कुराको भाउ बढेको समयमा हाल खसीबोकाको मूल्यमा भने खासै फरक नपर्ने जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु