काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारको तर्फबाट मनोनयन हुने राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय गरेसँगै अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको मन्त्रीयात्रा टुँगिने निश्चित भएको छ । उनले आज साँझ नै मन्त्री पदबाट राजिनामा दिदै गरेको बताए । मन्त्रीपरिषदको बैठकले अब गौतमलाइ राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक चाहना र पार्टीको संस्थागत निर्णयबीचको टसलमा अल्झिएको यो सिट विवाद अन्त्यसँगै राष्ट्रियसभाले पूर्णतासमेत पाएको छ । नेकपा नेता बामदेव गौतमकै कारण पार्टी भित्र झगडा मौलाएको थियो, अब यसकै कारण पनि विवाद साम्य हुन सक्ने केही नेताहरुले बताएका छन् । दुइ तिहाइको सरकारको निम्ती राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्न बाँकी एउटा पदको निम्ती यतिका धेरै सकस हुनु अचम्मको कुरा हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अबको अर्थमन्त्री को ?
राष्ट्रिय सभाको कार्यकाल सकिएको भोलिपल्टै अर्थमन्त्रीमा पुनर्नियुक्ति पाएका र भ«ष्टाचार सम्बन्धी मुद्धामा तानिएर राजीनामा दिएका गोकुल बाँस्कोटा पछि संचार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका खतिवडाको म्याद शनिवार सकिदै थियो । त्यसैमाथी उनले राजीनामा नै बुझाएपछि शुक्रवार बाटै ती दुइ पदहरु रिक्त रहनेछन् । खतिवडाको काउण्ट डाउन शुरु भएसंगै नेकपाभित्र सम्भावित भावी अर्थमन्त्रीको बारेमा चर्चा परिचर्चा र अड्कलवाजी भने पहिल्यैबाट शुरु भैसकेको छ । अर्थमन्त्रीका आकांक्षीहरुले भित्रभित्रै आफ्नो सक्रियता समेत बढाउन थालेका छन् । खतिवडाले छोड्ने बित्तिकै अर्थसंगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय समेत खाली हुनेछ । अहिले सम्भावित अर्थमन्त्रीका रुपमा सबैभन्दा बढी चर्चा स्थायी समिति सदस्य एवं विवाद समाधान सुझाव कार्यदलका सदस्य सुरेन्द्र पाण्डेको छ । त्यसपछि महासचिव विष्णु पौडेलको पनि अर्थ मन्त्रालय प्रवेशको सम्भावना बलियो रहेको नेकपा नेताहरु बताउँछन् । पूर्व माओवादी पक्षबाट बर्तमान उर्जामन्त्री वर्षमान पुनको समेत चर्चा चल्ने गरेको छ ।