१९ भदौ, काठमाडौं । साढे दुइ बर्ष अर्थमन्त्री पद सम्हालेका सूचना तथा सञ्चार मन्त्री समेत रहेका डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले दुवै मन्त्री पदबाट साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । यसअघि अर्थ मन्त्रालयमा आयोजित एक विदाइ कार्यक्रममा सहभागी भएका खतिवडाले आफुले देशको अर्थब्यबस्थामा सकारात्मक परिवर्तन ल्याउन जग बसालेको बताएका थिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उनी राष्ट्रियसभामा मनोनित भएका सांसद हुन् । सभा सदस्यको पदावधि २ बर्ष रहेको हुन्छ । उनी मन्त्रीमा रहेको कारण कानुनले दिएको अधिकारलाइ प्रयोग गर्दै प्रधानमन्त्रीले थप ६ महिना कार्यकाल रहने गरी अर्थमन्त्रीमा पुर्ननियुक्ती दिएका थिए । अब उनको सांसदको ठाँउमा नेता बामदेव गौतम आउने भएका छन् । उनलाइ नेकपाले राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय गरिसकेको छ । खतिवडाको राजीनामा सँगै मन्त्री को बन्ने भन्ने कुरा नेकपा भित्र रस्साकस्सी शुरु भएको छ ।