एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यबारे पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । पछिल्लो पटक उनी कोमामा गएको दाबीसहितको समाचार प्रकाशित भएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केही सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए।



JUNGLE






from the
city



पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोना भाइरसको महामारी हुन सक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन भनेका छन्।
राज्य सञ्चालित मिडियाका अनुसार मंगलबार आयोजना भएको पार्टीको पोलिटब्यूरो बैठकमा किमले चुरोट पिउँदै भने, ‘‘घातक भाइरस’ लाई देशमा प्रवेश गर्न नदिन राज्यको प्रयासमा केही कमीकमजोरीहरु थिए ।’
प्योङ्याङले पछिल्लो लामो समयदेखि आफ्नो देशमा एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, उत्तर कोरियाको यस्तो दाबीलाई धेरैले शंकाले दृष्टिले हेरिरहेका छन् ।
यस्तै समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुन सक्ने भन्दै उनले सचेत बनाएका हुन्। उत्तर कोरियामा यो हप्ताको अन्त्यतिर समुद्री आँधी बाभीले जनजीवन प्रभावित पार्नसक्ने पूर्वानुमान गरिएको छ ।