काठमाडौं । नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२१ का सभापति रञ्जितको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रन्जितलाई पाँच दिन अघि अस्पताल लगिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी मुटु रोगका बिरामी रहेका थिए।
Advertisements



JUNGLE






from the
city



उनको छोरा र श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ। २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।