सामान्य लयमा फर्कदै काठमाण्डौ : फेरी कोरोनाले मौका छोप्यो भने के होला ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 234
  •  
  •  
  •  
  •  
    234
    Shares

अनिश शर्मा गैरे, काठमाण्डौ, ७ साउन
सरकारले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गरे सँगै काठमाण्डौ उपत्यका लगायत देशभरको जनजीवन पुरानै लयमा फर्कन थालेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत बर्ष चैत्र ११ गतेबाट देशव्यापी रुपमा गरिएको बन्दाबन्दी साउन ६ गते मध्यरातबाट अन्त्य भएसँगै उपत्यका सहित देशभरको जनजीवन पुरानै अवस्थामा फर्कन थालेको हो । यस अघि सरकारले जेठ २६ गते बाट पुर्ण रुपमा लगाइएको लकडाउन खुकुलो बनाएकोे थियो । यसैबिचमा सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरि लुजडाउन सुरु गर्याे । निजी सवारी साधन पनि सञ्चालन हुन दिने निर्णय गर्याे, तर एक जना मात्र चढ्न पाउने नियम बनाउँदा समस्या भएपछि सरकारले जोर विजोर प्रणाली लागु गर्याे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बुधबारबाट जोर विजोर प्रणाली पनि हटेको छ भने सार्वजनिक यातायात पनि निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । यद्यपी यातायातमा पर्याप्त सुरक्षा विधि अपनाउने र सामाजिक दुरी कायम गरी यात्रु राख्ने गरी सरकारले व्यवसायीलाइ अनुरोध पनि गरेको छ । तर सबै सवारी साधनले पर्याप्त सुरक्षा अपनाएको देखिदैन । भने यात्रुहरु पनि खचाखच रुपमा राखीएको देखिएको छ । बजार स्वतन्त्र रुपमा चलिरहेका छन भने काठमाण्डौका सडकमा सवारीको मात्रा लकडाउन अघिकै जस्तो भएको छ । जसले गर्दा राजधानी पुरानै लयमा फर्किएको हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यद्यपी सरकारले केही प्रतिवन्धहरु भने जारी राखेको छ ।

के के छन् प्रतिबन्ध ?

१५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिनेछ । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिने भनिएको छ । सरकारले १ भदौदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ  । तर, विद्यालय–क्याम्पसमा पठनपाठन भने तत्काल हुनेछैन । त्यसबारे पछि निर्णय हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा र भेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द नै रहने छन्  ।

यस अवस्थालाइ कोरोनाले मौका छोप्यो भने ?
करिब ४५ देखी ५० लाख मानिसको चाप रहेको काठमाण्डौमा भएको घना बस्तीमा यदि समुदायमा कोरोना देखियो भने भयाभह अवस्था हुन सक्दछ । बजार पुर्ण रुपमा बन्द नगरिएको अवस्थामा भिडभाड नहुने कुुनै ठाँउ नै बाँकी नरहने कारण उपत्यकाका तीन जिल्लाहरु कोरोना भाइरसको रेड जोनमा पर्न सक्छन । यदि समुदायका कसैमा यो भाइरस देखियो भने यसले दिन दुइ गुणा रात गुणा चार का दरले संक्रमण फैलदै जाने निश्चित छ ।

उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा सङ्क्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणी दिक्षीतले लकडाउन खुल्नु भनेको बन्द खुल्नुजस्तै भएकाले विषेश सर्तकर्ता अपनाउनुपर्नेमा जोड दिए । सरकारले लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना नगर्नेलाई सङ्क्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्ने भनेको छ ।

तर नागरीकहरु नै सचेत नहुने हो भने समुदायमा कोरोना देखिएको खण्डमा काठमाण्डौमा महामारी नियन्त्रण बाहिर जान सक्छ । बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्ने र साथमा सेनिटाइजर अनिवार्य राखेर हिड्ने र सेनिटाइजर वा सावन पानीले पर्याप्त मात्रामा हात धुने बानीलाइ बिर्सनु हुँदैन । सरकारले लकडाउन खुला गरेको हो, खुला रुपमा हिड्न अनुमति दिएको भने पटक्कै होइन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु