प्राधिकरणबाट विदा भए कुलमान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

 ३० भदौ,  काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्रमुखको रुपमा नियुक्त भएका कुलमान घिसिङले आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर विदा भएका छन् । उनलाइ नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक आक्रान्त थियो । वर्षातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । यसै अवस्थामा जिम्मेवारी सम्हालेका उनले तीन महिनामै लोडसेडिङ्ग हटाइदिए । आजकल उनलाइ नेपालीहरुले बत्तीका पिता नै मान्छन् । घाटाको चरम सीमामा पुगेको प्राधिकरणलाइ उनले नाफामा समेत पुर्याए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनलाइ आज प्राधिकरणको कार्यालयमा विदाइ कार्यक्रम राखिएको थियो । कार्यक्रममा बोल्दै उनले नेपालीहरुले दिएको साथले आफुलाइ सधै प्रेरणा प्रदान गर्ने बताए । घिसिङले आफूमाथि विभिन्न आरोप लगाइए पनि त्यसमा सत्यता नभएको बताए । आफुले कार्यभार सम्हाल्नेन समयमा घाटामा रहेको प्राधिकरण नाफामा आउँछ भनेर कसैले नसोचेको उनले बताए । ‘प्राधिकरण नाफामा आउला भनेर कसैले सोचेको थिएन। पहिलो वर्ष नै नाफामा प्राधिकरण गएपछि ममाथि डाटा म्यानुपुलेसन ग¥यो भन्ने पनि आरोप लागेको थियो,’ उनले भने, ‘तर लगातार नाफाको ग्राफ बढेपछि यो त सत्य नै रहेछ भन्ने कोणबाट कुरा आउन थाल्यो। यो हाम्रो ठूलो सफलता हो। यस काममा सबैले क्रेडिट लिनुपर्छ। सबैको यसमा सहयोग छ।’ कार्यक्रममा बोल्ने कर्मचारीहरुले १५ दिनमा फेरी पनि स्वागत गर्न पाइसोस भन्ने कामना गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु