काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा।युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसीङलाई सरकारले पुन नियुक्ती नदिएको स्पष्ट पारेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केही समय देखी सामाजिक सञ्जालमा आइरहेका विषयहरुलाइ दृष्टिगत गर्दे खतिवडाले भने, ‘कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’ ।



JUNGLE






from the
city



उनले भने, ‘ कुलमान बारे मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’
उनले सामाजिक सञ्जालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको तर सरकारले कुनै निर्णय नगरेको बताएका हुन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफमा मन्त्री खतिवडाले सरकारको निर्णयबारे बताए ।
कुलमानको कार्यकाल यही भदौ २९ गतेबाट सकिदै छ । यसपछि अर्काे कार्यकालको निम्ती पुनः नियुक्ति दिनुपर्ने अधिकांश जनताको माग रहेको छ । तर केही दिन अघि मात्रै कुलमानलाइ सरकारले पुन नियुक्ति दिएको भन्दै सामाजिक सञ्जाल रंगिएको थियो । त्यही विषयलाइ लिएर प्रवक्ता खतिवडाले स्पष्ट पारेका हुन् ।