जहाज चार्टर गरेर मदिरा ढुवानी !

फाइल फोटो, गुगल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

बाजुरा । बाजुराको कोल्टी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानि हुन सकिरहेको छैन । तर मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोरानाको संकटका समयमा मदिरा जन्य र सुर्ति जन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एरपोटमा भने खुलम खुल्लामदिरा ढुवानी भइरहेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोल्टि एरपोटमा दैनिक सात फलाइट सम्म हुने गरेका छन्, । तिन चार फलाइटमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले बताए । प्रति केजी ७५ देखी १ सय रुपैयाँ सम्म जहाजमा ब्यापारिहरुको मदिरा लगाएत दैनिक उपभोग्य वस्तु चाउचाउ विस्कुट ढुवानी गरेर बाजुराको कोल्टिमा जहाजमा ल्याउने गरेका समिट एयरका कोल्टी स्टेसन प्रमुख विनोद कुमार सिँहले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको बताईएको छ । मदिरा बाजुराका चार वटा स्थानिय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाका स्थानिय बजारमा जाने गरेको वताएका छन् । स्थानिय बजारमा खाद्यन्न अभाब रहेको लामो समय भएपनि समयमा चामल ढुवानि हुन सकिरहेको छैन । तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताए ।

नागरिक उडयन कार्यलय कोल्टि बाजुराका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टि बिमान स्थलमा भएका छन् । ६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयले जनाएको छ । यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने मदिरा प्रतिवन्धका लागि बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने वताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु