श्रावण ११ रौतहट। रौतहटमा अहिले रासायनीक मलको चरम अभाव भएको छ । धान रोपेका रौतहटका किसानहरुले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने चिन्तामा उनिहरु छन् । मलखाद नपाउनुको कारण मलमा हुने कालोबजारी रहेको चन्द्रपुर ७ का किसान गणेश बस्नेतले बताए । आवश्यक परेको समयमा कहिल्यै मलखाद नपाउने कारण हरेक बर्ष समस्या झेल्नु परेको उनको भनाई छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केही दिन अघिमात्र जिल्लामा मलखादको कालोबजारी हुनेगरेको रहस्य खुलेपछि बस्नेतको आरोप समेत सही रहेको प्रष्ट भएको छ । मलखाद कालोबजारी गरेको आरोपमा चन्द्रपुर नगरपालिका भित्रका तीन वटा सहकारी संस्था माथि मुध्दा समेत दायर भईसकेको छ । चन्द्रपुर नगरपालिका १ बाग्मतीस्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षबिरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ भने उनीहरु सबै फरार छन् । यी तीन सहकारीमाथी छानबिन सुरु भएसंगै बर्षौदेखि साधारण सभा नगर्ने सहकारी संस्थाले गरेको मलखादको कारोबार माथि समेत छानबिन हुनुपर्ने माग किसानहरुले गरेका छन् ।



JUNGLE






from the
city



चन्द्रपुर नगरपालिकाका २४ वटा सहकारी संस्थाले मलखादको कारोबार गरेपनि शेयर सदस्यप्रति अनुदार रहने चन्द्रपुर नगरपालिका भित्रका ११ वटा सहकारी संस्थाले गरेको मलखाद कारोबारको छानबिन हुनुपर्ने माग उठेको हो । बर्षौदेखि साधारण सभा नगर्ने तर मलाखादको कारोबार गर्नेमा सृजनसिल युवा कृषी सहकारी संस्था लिमिटेड पौराई, सदाबहादर महिला कृषि सहकारी संस्था लिमिटेड जुडिबेला, सामुदायिक बिउबृध्दी तथा कृषि बिकास सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, सनराईज कृषी सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, जनजागरण कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, अन्जली कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, सहकारी संस्था लिमिटेड सन्तपुर, प्रगती कृषि तथा बिउ बिजन सहकारी संस्था लिमिटेड सन्तपुर, युबा स्वरोजगार कृषि सहकारी संस्था लिमिटेड डुमरिया, सृजनसिल कृषि सहकारी संस्था लिमिटेड डुमरिया, सरस्वती कृषि सहकारी संस्था लिमिटेड डुमरिया रहेका छन् । ती सहकारी संस्थाले नेपाल सरकारको अनुदानको युरिया, डिएपी र पोटास खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरेको भनिएपनि मल बिक्री बितरण प्रतिबेदनमा किसानको हस्ताक्षर नगरिकनै वडा अध्यक्ष र नगरप्रमुखबाट प्रमाणित गरेको समेत खुलेको छ ।
गत आर्थिक बर्षमा कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट ती सहकारी संस्थाले खरिद गरेको मलको बिषयमा छानबिन हुनुपर्ने स्थानीय भिम पौडेलले बताए । सहकारी संस्थाले लेखापरिक्षण गरेर बार्षिकरुपमा साधारण सभा अनिबार्यरुपमा गर्नुपर्ने हुन्छ तर चन्द्रपुर नगरपालिका भित्र रहेका दर्जनौं बचत तथा ऋण र कृषि सहकारी संस्थाले साधारण सभा नगरिकनै कारोबार गर्दै आएपनि नियमन गर्ने निकायको कमजोरीको फाईदा ती सहकारी संस्थाका केही पदाधिकारीले उठाउदै आर्थिक लाभ लिएर कालोबजारी गर्दै आएका छन् ।