सन्तोष महतारा, गुल्मी । कोभिड १९ ले रोजगारी गुमाएपछि भारत लगायत तेस्रो मुलुकमा रहेका धेरै युवाहरु गाउँ फर्किए । गएको असार मसान्तसम्म मात्रै गुल्मीको मालिका गाउँपालिकामा ५ सय ४७ जना भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपाल मै पनि रोजगार गुमाएका , स्थानिय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहाने युवाहरुका लागि मालिका गाउँपालिकाले स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई गाउँमै उद्यमशिल बनाउने हिसाबले एक व्यवसायी युवालाई ५० हजारदेखि ७ लाखसम्म सहुलियतपुर्ण कर्जा दिने तयारी रहेको मालिका गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गाउँपालिकाले सहुलियतपुर्ण कर्जाको लागि बैंक अफ काठमाडौं सँग सहकार्य गरेको छ । उद्यम गर्न चाहाने युवाले आउने आश्विन १ गतेदेखी सहुलियत ऋण पाउने छन् । उद्यम गर्न युवाले लिएको ५० हजारदेखि ७ लाखवापतको व्याज तिर्न पर्ने छैन । क्रण लिएको ३ वर्ष भित्र किस्ता किस्तामा रकम फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । ‘युवालाई उत्पादनशिल क्षेत्रमा खटाउनको लागि यस्तो कार्यक्रम अगाडी बढाइएको हो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपाल मै पनि रोजगार गुमाएका , स्थानिय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहाने युवाहरुलाई लक्षित गर्दे सहुलियत कर्जाको कार्यक्रम ल्याएका हौं ।”



JUNGLE






from the
city



गाउँपालिकाले कृषि , पशुपालन र उद्योग क्षेत्रलाई प्राथामिकतामा राखेर सहुलियत कर्जा दिने छ । यस कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने , कृषि उपजको अभाव नहुने र सबै युवाहरु उत्पादशिल क्षेत्रमा खटिने आशा रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाई छ । “हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, औद्योगिक क्षेत्रको प्रर्बद्धन र युवालाई गाउँ मै रोजगार दिने हो ।” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने । यस कार्यक्रममा १८ देखी ६० वर्ष उमेरसमुहलाई समेटिने छ । सबै युवाहरुलाई यस कार्यक्रममा समेट्न यसमा झन्झटिलो प्रक्रिया छैन । सबै युवाहरुलाई वडावडामा पुगेर यसको बारेमा सबै प्रावधान जानकारी गराएर कुनै न कुनै सजिलो मापदण्ड अपनाएर अगाडी बढ्ने मालिका गाउँपालिकाले जनाएको छ । यस कार्यक्रममा धेरै युवाहरु उत्साहित बनेका छन् । गाउापालिका यस कार्यक्रमको लागि ४ सय भन्दा बढी निवेदन आइसकेको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमले कृषिलाई व्यवसायीकरण , औद्योगिक क्षेत्रको प्रर्बद्धन , युवालाई गाउँ मै रोजगार र गाउँपालिकालाई समृद्धतर्फ लैजाने छ । युवालाई उद्यमशिल बनाउन सहुलियत कर्जा दिने गाउँपालिकाको मुख्य उद्देश्य हो ।