मनाङ् । हिमाली जिल्ला मनाङमा स्वास्थ्य कार्यालयका एक जना कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि मनाङ जिल्ला अस्पताल सिल गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्वास्थ्यका कर्मचारीमा कोरोना देखिएपछि अस्पतालबाट इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरी अस्पताल सिल गरिएको हो । अस्पतालका मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारीले मंगलबार सूचना जारी गरी स्वास्थ्य कार्यालय परिसरभित्र रहेको स्वास्थ्य कार्यालय मनाङका एक कर्मचारीमा पोखरास्थित ल्याबमा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएकाले उनको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि अस्पताल सिल गरिएको उल्लेख गरेका छन् ।



JUNGLE






from the
city



अस्पतालबाट प्रदान हुने इमर्जेन्सी बाहेक सबै सेवा स्थगित गरेको सूचनामा उल्लेख गरिएको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एकजना माथिल्लो मनाङका शिक्षक हुन् ।
कोरोना संक्रमण पुष्टि भएका कर्मचारी स्वास्थ्य कार्यालयमा आफै आइसोलेसनमा बसेको र शिक्षक स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेशनमा बस्नु भएको छ ।