ब्यबसाय गरी सफल हुन चाहनुहुन्छ ? त्यसो भए यी हुन पढ्नै पर्ने ज्ञानका विषयबस्तुहरु !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाण्डौ । अध्ययन गर्ने मान्छेहरुनै नेतृत्वकर्ता बन्छन् । अर्थात लिडर्स आर रिडर्स । यो भनाइ लामो समयदेखी चर्चामा छ । सफल ब्यबसायी तथा उद्यमीहरुका निम्ती अध्ययन एकदम ठुलो कुरा हो । जसले आफ्ना प्रतिस्पर्धीहरुलाइ जित्न मद्धत पुग्छ । उनीहरुले किताब अध्ययन गरेर मानिसका सफलताका कथाहरुबाट पाठ सिक्छन र गल्तीहरु गर्दैनन् । जसले गर्दा उनीहरु चाँडै सफल हुन सक्दछन् । किताब अध्ययन गरेर तीनै कुराहरु आफ्नो जीवनमा उपयोग गरेको खण्डमा ब्यबसायमा सफल हुन सकिन्छ । अनलाइन गाइड, ब्लग, लेखहरु हाम्रो ज्ञान बढाउनको निम्ती सञ्जिवनी बुटीको रुपमा काम गर्दछन् । यी सामग्रीहरुमा अत्यन्तै अनुसन्धान गरेर आकर्षक तरिकाबाट विषयबस्तुललाइ प्रस्तुत गरिएको हुन्छ । अहिलेको युग भने विज्ञान र प्रविधिको युग हो । अर्थात डिजिटल युग । हामीले क्षणभरमा विषयबस्तुको ज्ञान प्राप्त गर्न सक्छौ । तर यति भनिरहँदा केही त्यस्ता पुस्तकहरु छन्, जसले तपाइको ब्यबसायलाइ प्रगतिउन्मुख बनाउन निकै मद्धत गर्दछन् । त्यसैले तपाइले ब्यबसायमा अर्काे पाइला चाल्नु अघि हामीले यहाँ दिएका केही पुस्तकहरु अध्ययन गर्नुहोस्, जसले तपाइलाइ निकै मद्धत पुर्याउनेमा हामी विश्वस्त छौ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१. ब्लु ओसन सिफ्ट (Blue Ocean Shift by W Chan Kim and Renee Mauborgne) – डब्लु चान किम र रिनी मोबर्नद्धारा लेखिएको यो किताब विश्वकै अत्याधिक विक्री भएको किताब मध्ये एक हो । यस किताबमा एक दशक भन्दा बढी ब्यबसाय गरेर अत्याधिक सफल भएका ब्यक्तिहरुका अनुभव हरु रहेका छन् । यसमा अनुसन्धान गरि लेखिएका विषयबस्तुले तपाइको ब्यबसायलाइ पक्कै पनि गाइड गर्नेछन् । यसमा बजारीकरणका रणनीति, प्रक्रिया, उपकरणहरु लगायतको विषयमा विशेष चर्चा गरिएको छ । यसमा स्टेपवाइज तौरतरिकाहरु सिक्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

२. दि टिपिङ्ग पोइन्ट (2. The Tipping Point by Malcolm Gladwell) – मालकोल्म ग्लाडवेलद्धारा लेखिएको यस किताबमा ब्यबसाय शुरु गर्न लागेको ब्यक्तिलाइ लक्षित गरि ज्ञान प्रदान गरिन्छ । द टिपिङ्ग पोइन्ट भन्ने शब्द हाल मार्केटिङ्गको सिलसिलामा अत्याधिक प्रयोग हुने शब्द पनि हो । यसमा आफ्नो उत्पादनलाइ कसरी उच्च विन्दुमा पुर्याउन सकिन्छ भन्ने विषयमा कुराहरु गरिएको छ । यस किताबमा ग्लाडवेलले तीन नियमहरु बनाएका छन्, जुन भाइरस जस्तै बिस्तारित हुन्छन् भनिएको छ । जसले गर्दा उत्पादनलाइ उच्च बिन्दु सम्म पुर्याउन सकिन्छ । . द ल अफ द फिउ (The Law of the Few), ख. स्टिकीनेस फ्याक्टर (Stickiness Factor), ग. द पावर अफ कन्टेक्सट (The Power of Context.) यी रुलहरु त्यहाँ सिकाएको छ, जुन हामीले ब्यबसायको सिलसिलामा जान्नु पर्ने हुन्छ ।

३. इन्फ्लुयन्स द साइकोलोजी अफ पर्सुएसन (3. Influence the psychology of persuasion by Robert Cialdini.) – रोवर्ट सियाल्दीनीले लेखेको यो कताबमा मानिसहरुको मनोविज्ञान अध्ययन गरि उनीहरुलाइ आफ्ना उत्पादन कसरी लिन इच्छुक बनाउन सकिन्छ भन्ने विषयमा ज्ञान दिइन्छ । यसमा मानिसहरुलाइ आफ्ना सामग्रीप्रति उत्प्रेरणा जगाउने कुराहरु छन्, जसमा ३५ बर्षभन्दा बढी ब्यबसाय गरी सफल भएका ब्यक्तिहरुको अनुभव प्रस्तुत गरिएको छ ।

४. द कन्टेन्ट फर्मुला (4. The Content Formula: Calculate the ROI of Content Marketing and Never Waste Money Again by Michael Brenner and Liz Bedor) – माइकल ब्रेनर र जिल बेडरले लेखेका यस किताबमा ब्यबसायमा देखिने च्यालेन्जहरु र त्यसलाइ कसरी समाधान गर्ने भन्ने विषयमा चर्चा गरिएको छ । ५. पोजिसनिङ्ग (5. Positioning by Al Ries and Jack Trout) – एएल रिएज र ज्याक ट्राउटले लेखेको यो किताबमा शंकालु र नकारात्मक सोच्ने मान्छेको कारण ब्यबसायमा निम्तीने समस्यालाइ चिरफार गर्न सिकाइएको छ । यस किताबमा ठुलो मार्केट कसरी बसाल्न सकिन्छ भन्ने विषयमा पनि अनुसन्धानबाट प्रमाणित गरेका तथ्यपरक अनुभवहरु राखिएको छ । यी ५ किताबहरुले तपाइको ब्यबसाय सुरुवातको यात्रामा निकै भुमिका निभाउनेछन् । किताबमा दिइएको ज्ञानका कुराहरु लागू गर्न सकेमा अवश्य पनि ब्यबसायमा सफल हुन सकिनेछ । एजेन्सीकोे सहयोगमा ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु