मुनपा ८ मा अशक्त महिलामाथि अन्याय, अनावश्यक राजनीति र आरोपी पक्षद्धारा ज्यान मार्ने धम्की

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 283
  •  
  •  
  •  
  •  
    283
    Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ ठूलाखर्कमा एक बोल्न नसक्ने महिला माथि भएको अन्यायको विरुद्धमा बोल्ने ब्यक्तिलाई ज्यान मार्ने धम्की आएको छ । गत भदौ ३ गते गाँउका एक युवाले मदिरा सेवन गरी सोही गाँउकी एक राम्रो सँग बोल्न नसक्ने महिला माथि हातपात सहित जवर, जस्ती करणीको उद्योग गरेको आरोप छ । उक्त विषय भदौ ९ गते मात्रै वडा कार्यालय र प्रहरी सामु पुगेको थियो । उक्त दिन ठूलाखर्कमा वडाध्यक्ष नारायण सापकोटा र वामी प्रहरी चौकीबाट प्रहरी पुगेका थिए । त्यसपछि गाँउमा मिलापत्र भयो, उनीहरु पनि फर्के । उक्त मिलापत्रमा पीडकले गल्ती स्विकार गरेको कारण एकपटकलाई समाजका संघसंस्थाहरुको रोहबरमा माफी दिइएको बताइएकोे छ । त्यसैगरी आगामी दिनमा पनि मदिरा सेवन गरी समाजमा दख्खल पुर्याउने या यस प्रकारका गल्ती गरेको खण्डमा वडा तथा प्रहरी कार्यालयबाटै कारवाही गरिने बताइएकोे छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर त्यस निर्णय बाट सन्तुष्ट नभएर परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । यो मुद्धा दर्ता भए लगत्तै प्रहरीले उक्त अरोपीलाइ प्रक्राउ गरि जिल्ला लगेको थियो । अरोपी दलित समुदायका युवा हुन् । उक्त घटना पछि गाँउमा दलित समुदाय र उपल्लो जात भनिने समुदाय विच मतभेद चर्किएको छ । आरोपिका परिवार सहित दलित समुदायले उपल्लो जातका ब्यक्तिहरुलाई जसले यस मुद्धामा पीडितलाइ न्याय दिलाउनको निम्ती काम गरिरहेका छन् सिधै ज्यान मा,र्ने धम्की दिएका छन् । हामीलाई प्राप्त भएको एक भिडियोमा उनले गाँउका केही ब्यक्तिहरुको नामनै तोकेर टाउको काट्ने र जेल जाने चेतावनी दिएका छन् । उनले रुकुम काण्ड गाँउमा निम्त्याउने चेतावनी दिएका छन् । उनले बोलेको दुइवडा भिडियो क्लिप सिम्रिक खबर सँग सुरक्षित छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जातीय मुद्धा हुँदै राजनीतिकरण – यही मुद्धा ब्यक्तिगत मुद्धा हुँदै जातीय मुद्धा बन्यो । त्यसैमाथि हाल राजनीतिक मुद्धा बन्न पुगेको छ । गाँउमा दुई मुख्य दलहरु एकअर्कामा विभाजित बनेका छन् । केही दिन अघि मात्रै ठूलाखर्कका करिब ७० भन्दा बढी ब्यक्तिहरु नेकपामा प्रवेश गरेका थिए । यसै विचमा काँग्रेसले नेकपालाई पीडक पक्षलाई छुट दिन राजनीतिक प्रोपोगाण्डा लगाएको आरोप लगाएको छ । भने नेकपाले भने त्यसको प्रतिकार गर्दै स्वतन्त्र रुपमा आफ्नो आन्दोलनमा गाँउबासी संलग्न भएको बताएको छ । पार्टी प्रवेश कार्यक्रममा मुनपाका मेयर देखी वडाध्यक्ष समेत पुगेका थिए ।

यस विचमा वडा नम्बर ८ का अध्यक्षले आफुलाइ भदौ ९ गतेमात्र यस घटनाको बारेमा जानकारी भएको कारण उक्त दिन नै गाँउमा पुगेको बताए । उनले भने, “घटना ढिलो गरी थाहा पाएँ, जानकारी भएलगत्तै प्रहरी चौकी वामीको टोली र म भएर गाँउमा पुगेको थियौँ, गाँउमा मिलापत्र बनाउने कुरा चलेपछि हामी उठेर हिड्यौँ, गाँउबासीले कुरा मिलेकोे भन्नुभएको थियो।” उनले पीडित पक्षहरुले गाँउमा मिलापत्र बनाउन नमानेको भएमा आफुहरुले कानुनी प्रक्रियामा जान तयार रहेको सुनाए । उक्त दिन भएको मिलापत्रमा वडाध्यक्ष तथा प्रहरीको हस्ताक्षर भने छैन् । गाँउबासीले मिलापत्र लेख्दै गर्दा वडाध्यक्ष र प्रहरी पनि सोही ठाँउमै थिए । तर उनीहरुले भने हस्ताक्षर गरेनन् । वडाध्यक्ष सापकोटाले आफु मिलापत्र लेख्ने क्रममा आफुहरु हिडिसकेको सुनाए । स्मरण रहोस यस प्रकारका विषयमा मिलापत्र गराउने अधिकारी कोही ब्यक्तिमा पनि छैन् ।

भदौ ९ गते गराइएको मिलापत्र

मिलापत्र गराउने क्रममा पीडित परिवारका श्रीमान र श्रीमतीलाई जानकारी नदिइएको परिवारका अन्य सदस्यहरुको भनाई छ । पीडित महिलाका दम्पती दुवै जना शारीरिक रुपमा अशक्त छन् । त्यसकारण पीडितलाई यथोचित न्याय नमिलेको भन्दै पीडित महिलाकी देउरानी रुपा खरेलले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । त्यो लगत्तै आरोपीलाई प्रहरीले पक्रेर थुनामा राखेको छ । पीडित महिलाका जेठाजु शेषकान्त खरेलले दोषीलाई कारवाहीकोे दायरामा ल्याइनुपर्ने बताए । “घटनाको दोषीलाई कारवाही गरिनुकोे सट्टा पीडितले समुचित न्याय नपाउने गरी मिलापत्र गराइएछ” उनले भने, “अब अदालतको फैसलाले हामीले न्याय पाउने आशा छ” । उनले यस विषयमा अनावश्यक राजनीतिकरण गरिएको प्रति पनि दुखेसो पोखे । “पीडितलाई न्याय दिइनुको सट्टा राजनीतिक रँग पोतिनु ठिक होईन, मलाई यो ठ्याक्कै मन परेको छैन” उनले भने ।

यस्तो छ सजायँको व्यवस्था – उक्त मुद्धा मंगलबार सरकारी वकिलको कार्यालयमा पेश भएको छ । बुधबार यस बारे थुनछेक बहस हुँदैछ । हाल जबरजस्ती करणी उद्योगमा आरोपीलाई मुद्धा चलाइएको छ । यस उद्योगमा दोषी ठहरिएको खण्डमा मुलुकी अपराध संहित ऐन २०७४ अनुसार साढे ३ बर्ष कैद सजायको व्यवस्था रहेको मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्त अनन्तलाल भण्डारीले जानकारी दिए । त्यसैमाथि यस मुद्धामा शारीरिक तथा मानसिक रुपमा अशक्त भएकी महिला भएको कारण अशक्त महिला माथि करणीको उद्योग लागेका ब्यक्तिलाई थप साढे २ बर्षको जेल सजायको व्यवस्था रहेको उनको भनाई छ । जसअनुसार दोषी ठहरिएको खण्डमा कम्तीमा ६ बर्ष जेल सजाय हुन सक्छ । भण्डारीका अनुसार यसप्रकारका फौजदारी मुद्धाहरुको मिलापत्र गराउने अधिकारी कोेही माथि पनि छैन । यस मुद्धाको विषयमा आफुलाई अनावश्यक रुपमा आरोप लगाइएको भन्दै भण्डारीले उक्त आरोपहरुको खण्डन समेत गरेका छन् । वामीटक्सारमा यस अघि चलेको ४ लाख काण्डमा पनि मिलापत्र गराईएको थियो । त्यो विषय फेरी सतहमा आएकोे छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
9
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु