मुसिकोट काण्ड : काँग्रेसको माग,- वडाध्यक्ष काफ्लेको राजीनामा, बाँकी दुइ वडाध्यक्षलाई निलम्बन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगर कार्य समितिले मुसिकोट नगरपालिकाका ३ जना वडाध्यक्षहरुलाइ निलम्बन गरी कारवाही गर्न माग गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत बर्ष माघ २० गते वामीटक्सार सञ्चालित प्रथम मुसिकोट महोत्सबको समयमा मुसिकोट ४ का अर्जुृन बहादुर कार्कीलाई महिलालाइ अभद्र व्यवहार गरेको आरोपमा ४ लाख रुपैया तिराइएको विषय मिडियामा आएपछि काँग्रेसले सो माग माग गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आज एक विज्ञप्ती जारी गर्दै काँग्रेस उक्त घटनामा समुचित न्याय दिलाउनुको सट्टा वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेको प्रत्यक्ष संलग्नतामा नगद ४ लाख असुली गरिएको भन्दै उक्त घटनामा संलग्न रहेका वडाध्यक्ष काफ्लेले राजीनामा दिनुपर्ने तथा अर्का दुइ वडाध्यक्षहरु नरायण सापकोटा र ओम बहादुर खत्रीलाइ निलम्बन गरिनुपर्ने माग गरेको हो ।

जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले आफै न्यायधिश जस्तो गरी काम गर्दा त्यसले कानुनी प्रश्न उठाएको र त्यतिमात्र नभएर उनीहरुकोे भ्रष्ट नियतलाइ पनि सतहमा ल्याएको काँग्रेस सभापति सुदर्शन शाक्यले आरोप लगाए ।

वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेले आफ्नो सामाजिक र नैतिक हैसियतलाइ शुन्यमा झारीसकेको उनले आरोप लगाए ।
आर्थिक मामलामा विवादमा परीसक्दा पनि निष्पक्ष छानविनमा सहयोग गर्न राजीनामा दिन छोडेर आफ्नो बचाउ गर्न मिडियाबाजी गर्नु आपत्तीको विषय रहेको काँग्रेसका सचिव मोहन घिमिरेले बताए ।

नगरपालिकाका ३ जना वडाध्यक्षहरु नै आर्थिक र गैर कानुनी काममा लागेको समाचार देख्दा पनि मुकदर्शक भएर बस्नु नगरपालिकाको गैरजिम्मेवारी पन भएको र यस घटनाको घोर भत्र्सना रहेको उनले बताए ।

त्यसैगरी महिला नै न्यायिक समितिको संयोजक रहेको नगरपालिकामा महिला नै अन्यायमा पर्दा संयोजकलाइ थाहा नहुनुले पनि नागरिक प्रति गैरजिम्मेवारी पन देखिएको काँग्रेसले भनेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु