मुसिकोट नगरपालिकामा असोज १ गतेबाट विद्यालय खुल्दै, १६ गतेबाट पढाइ

महेन्द्र आदर्श मावि, फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 689
  •  
  •  
  •  
  •  
    689
    Shares

चकित विष्णु प्रसाद आचार्य, गुल्मी । लामो समयदेखी बन्द रहेका मुसिकोटका विद्यालयहरु खुल्ने भएका छन । आइतबार मुसिकोट नगरपाकिामा बसेको नगर शिक्षा समितीको बैठकले विभिन्न चरणहरुमा असोज १ गतेदेखी विद्यालय खोल्ने निर्णय भएको मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख देविराम शर्माले जानकारी दिए । विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसको कारण गत चैत्र महिनादेखी देशभरका विद्यालयहरु बन्द रहेका छन । नेपाल सरकारले वैकल्पिक शिक्षा मार्फत पठनपाठन सुरु गर्ने बाटो खुला गरेकाृले मुसिकोट नगरपालिकाले पनि सिकाइ सहजिकरण गर्ने निर्णय गरेको शिक्षक महासंघ मुसिकोटका का वा अध्यक्ष सुरेन्द्र नेपालीले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विद्यालय खुलाउने प्रक्रिया अनुरुप असोज १ गतेदृखी ३ गतेसम्म विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला बाहिर रहेका सम्पुर्ण शिक्षकहरु पनि विद्यालयमा हाजिर भएर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । असोज ५ गते विद्यालय व्यवस्थापन समितीको बैठक बोलाइ पठनपाठनको बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।त्यस्तै असोज ७ गते टोलटोलबाट प्रतिनिधित्व हुने गरी अभिभावक तथा सर्वपक्षिय बैठक गर्ने र आवश्यकता अनुसार शिक्षक स्टाफ बैठक बस्ने समेत निर्णय भएको छ । त्यस्तै असोज १२ गतेसम्म रेडियो,एफएम, टेलिभिजन, इन्टरनेट,कम्प्युटर तथा सुचना प्रविधी आदिको पहुँचमा भएका वा नभएका विद्यार्थीको तथ्यांक शिक्षा शाखामा पेश गर्नका लागि विद्यालयहरुलाइ सुचना गरिएको शर्माले बताए । असोज १६ गतेदेखी स्वास्थ्यका मापदण्ड प्रयोग गरी व्यवस्थापन समितिको निर्णयअनुसार बाल कक्षा देखी ५ सम्म सञ्चालन गर्ने भनिएको छ । कक्षा ६ देखी १२ सम्म भने सिकाइ सहजीकरण कार्यविधी अनुसार सञ्चालन गर्ने लगाएतका निर्णय भएको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु