काठमाण्डौ ।
सत्तारुढ नेपाली कम्युनिष्ट पार्टीभित्र लामो समय देखी बेमेल देखिइरहेको छ । दुइ अध्यक्ष एक अर्कामा टाढिने काम गरिरहेका छन् भने पार्टी पंक्ति भित्र पनि विभिन्न गुट र उपगुटले धमाका मच्चाइरहेका छन् ।
यसै प्रसँगमा प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालले नेकपाका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठलाइ श्रेष्ठलाई सार्वजनिक रूपमा पार्टी प्रवक्ताको लाज जोगाउन भनेका छन् ।
शुक्रबार बिहान नारायणकाजी श्रेष्ठलाइ ट्विटरमा मेन्सन गर्दै रिमालले यस्तो भनेका हुन ।
उनले लेखेका छन् – ‘इनफ इज इनफ नारायणकाजी जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!’
गत बुधबार काठमाण्डौमा पत्रकारलाई भेला गरेर अध्यक्ष पुष्पकमल दाहाल , बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीको विरोध गरेका थिए।
प्रधानमन्त्रीका सल्लाहकारले नारायणकाजीलाइ भने : प्रवक्ता पदको लाज त जोगाउनुस् !
- सिम्रिक खबर
- • ६ महिना अगाडि