कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई जित्यो

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौँ । नेपालले संक्रमितको संख्यामा कोरोनाभाइरसकोे सुरुवात भएको चीनलाई पनि जितेको छ । चीनमा हालसम्म ८५ हजार ४५० जनामा कोरोना संक्रमण भएको छ भने मृत्यु ४ हजार ६३४ जनाकोे भएको छ । नेपालमा चीनको तुलनामा मृत्युदर निकै कम भएपनि संक्रमितको संख्या भने धेरै भएको होे । हालसम्म नेपालमा संक्रमितको संख्या ८६ हजार ८२३ रहेको छ । भने निधन हुनेहरुको संख्या ५३५ रहेको छ । नेपालमा पहिलो पटक चीनबाट आएका एक विद्यार्थीमा नै कोरोना संक्रमण पुष्टि भएको थियो । गत वर्षको माग १० गते चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आएको बेला कोरोना पुष्टि भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्मरणीय रहोस् गतवर्षको डिसेम्बरको सुरुतिर चीनको उहानमा पहिलो पटक एक व्यक्तिमा कोरेनाभाइरसको संक्रमण देखियो । त्यहीबाट विश्वभर कोरोना फैलिएको विश्वास गरिन्छ । अहिले चीन सामान्य अवस्थामा फर्किने क्रममा रहेको छ भने विश्वका अधिकांश देशहरु कोरोनाभाइरसको चपेटामा परेका छन् । आइतवार काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना संक्रमित फेला परेका छन् । १३७३ जना काठमाडौँ जिल्लामा , भक्तपुरमा ३९ तथा ललितपुरमा १८७ जनामा कोरोना देखिएको हो ।  यसैगरी आज नेपालमा कोरोनाभाइरसको २ हजार २ सय ५३ जना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४८४ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । यस्तै वितेको २४ घण्टामा १३२९ जना निको भई घर गएका छन् । हाल २२ हजार २१९ जना संक्रिय संक्रमित रहेका छन् । यस अवधिमा ७ जनाको निधन भएसँगै नेपालमा निधन हुनेहरुको संख्या ५३५ पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु