काठमाडौँ । विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । साथै उनीहरुले टिकट सँगै होटलमा बस्ने र घरसम्म पुग्ने पैसा नभएको खण्डमा पनि स्वदेश आउन पाउने छैेनन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सरकारले दैनिक पाँचसय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् ।



JUNGLE






from the
city



यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिन सम्म होटलमा बसेको खर्च, घर सम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पष्ट पारे । हाल हजारौ नेपाली विदेशमा अलपत्र अवस्थामा रहेका छन् । केही हजार नेपालीहरु चर्टड फ्लाइटबाट नेपाल आउन सफल भएपनि धेरै नेपालीहरु अझै उद्धारको पर्खाइमा छन् ।
सरकारले केही दिन अघि विदेशबाट आउने नेपालीको निम्ती उद्धार उडानहरु स्थगन गरेको थियो । सोही निर्णयको कारण दुवइमा टिकट काटेर विमानस्थलमा आएर बसेका नेपालीहरुलाइ अलपत्र छाडिएको थियो । उनीहरुलाइ लिनको निम्ती नेपाल एयरलाइन्सको विमान त्यहा पुगेपनि सरकारले अनुमति नदिएको कारण जहाज रित्तै नेपाल आयो ।
त्यसको चैतर्फी विरोध भएपछि सरकारले फेरी उडान खोल्ने निर्णय गरेको हो । भदौको १६ बाट विभिन्न सर्तहरुमा नेपालीहरु स्वदेश आउन पाउनेछन् । पिसिआर सहज भएका देशहरुबाट नेपालीहरु ल्याइने र यहाँ आएर होटलमा बसी घर पुग्ने बेलासम्मकोे निम्ती खर्च धान्न नसक्नेहरु स्वदेश आउन नपाउने जनाइएको छ ।
सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेपछि होटल व्यवसायीहरुले तयारी सुरु गरेका छन् । होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज सेनिटाइज गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्ड अनुसार गर्ने होटलहरुले बताएका छन् ।