काठमाडौँ । नेपाल स्टक एक्चेन्ज नेप्सेमा शेयर कारोबार ठप्प भएको छ । कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि शेयर कारोबार रोक्का भएको हो।
टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। समस्या समाधानका कामहरु भइरहेको नेप्सले जनाएको छ । नेप्सेमा दैनिक अरबौको कारोबार हुन्छ । टीएमएसमा विगतमा पनि बेलाबेला समस्या आउने गरेको थियो ।