काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज अर्थात नेप्सेले अनलाइन केवाइसि फाराम भर्ने सुविधा बन्द गरेको छ । युजरनेम र पासवर्ड दिने सुविधा रहेको अनलाइन फारममा ब्रोकरहरुले चौतर्फी विरोध गरेको कारण हाललाइ बन्द भएको जनाइएको छ । खासगरी अनलाइनबाट काम गर्दा जोखिम हुन सक्ने भन्दै लगानीकर्ताहरुले विरोध गरेका कारण सेवा स्थगन गर्नुपरेको हो । यो सेवा शुरु भएकोे खण्डमा अनलाइन बाटै दर्ता गर्न सकिन्छ । तर त्यसमा मध्यस्तकर्ताहरुले केवाइसी फारममा केही कुराहरु थप्न सुझाव दिएका थिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
हाललाइ यो सेवा स्थगन मात्र गरिएको तर केही समयमा फेरी नया ब्यबस्थापनको साथ सुचारु गरिने नेप्सेले जनाएको छ ।विशेष गरी कोरोना महामारीको कारण भौतिक दुरी कायम गर्नुपर्ने र त्यसैमाथि निषेधाज्ञा पनि भएको कारण अनलाइन मार्फत नै काम गर्ने गरी सो सुविधा मिलाउने प्रयत्न गरिएको थियो । उक्त फारममा युजरनेम र पासवर्ड लिन एजेन्टहरुको टिएमएस लिङ्कमा अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको थियो। तर, अहिले यसरी रजिस्टर नै गर्न बन्द गरिएकोे छ ।